Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२१ मंसिर २०८२, शनिबार
पाँचथर - PCT

फाल्गुनन्दको शालिक अनावरण प्रधानमन्त्रीले गर्ने

१० कार्तिक २०७५, शनिबार ०६:०२


 कमल घिमिरे।कातिक१०। पाँचथर,राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १सय ३४ औ जन्म जयन्ती पाँचथरमा भब्यताका साथ मनाइने भएको छ ।

 जन्म जयन्ती मूल समारोह समितीले आगामी कार्तिक २३ गतेदेखि २५ गते सम्म विविध कार्यक्रम गरी मनाइने आयोजक मूल समारोह समितीले आज सरदमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आउनुहुने भएको छ ।

 प्रधानमन्त्री ओलीले कार्तिक २५ गते बिहान सुम्हात्लुङ गढी स्थित मेची इङलिस बोडिङ स्कूल परिसरमा अवस्थित किरात माङहिम उद्घाटन र महागुरु फाल्गुनन्दको सालिक अनावरण,गुरु गुरुआमाज्यूहरु बाट चरु हवन तथा नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको भएको छ ।

त्यसैगरी कार्तिक २५ गते दिउँसो फिदिमको शनिबारे बजारमा रहेको महागुरु फाल्गुनन्दको शालिक प्रधानमन्त्री ओलीले अनावरण गर्ने कार्यक्रम तय भएको मूल आयोजक समितीका अध्यक्ष डकेन्द्रसिङ थेगिमले बताउनुभयो ।

यस कार्यक्रमलाई सफल पार्न जिल्लाका विभिन्न १५ वटा संघ संस्थाहरुले सहयोग गरेका छन् ।

 यस कार्यक्रमको मुख्य प्रर्वद्धक फिदिम नगरपालिका रहेको र अन्य विभिन्न देश विदेशमा रहेका संघ संस्था तथा भक्तजनहरु बाट सहयोग मागेर कार्यक्रम सफल पार्ने मूल आयोजक समारोह समितीका सचिव सुवास तुम्बापोले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता