२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ उपत्यकालाई संसारकै उन्नत शहर बनाउन ९ बुँदे प्रतिबद्धता जारी

२०७५, १३ कार्तिक मंगलवार १७:१०

कात्तिक १३, काठमाडौँ (रासस) | काठमाडौँ उपत्यकालाई संसारकै उन्नत शहर बनाउन ९ बुँदे प्रतिबद्धता जारी गर्दै आज उपत्यका नगरपालिका फोरमको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । 

फोरमका संयोजक एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न बैठक काठमाडौँ उपत्यकाको प्राकृतिक विशिष्ठता, प्रदुषण घटाउन फोहरमैलाको वैज्ञानिक व्यवस्थापन र वृक्षारोपण गर्ने विषयमा केन्द्रीत थियो । फोरमले जारी गरेको प्रतिबद्धतामा वृक्षारोपणसँगै पुराना सवारी साधन विस्थापन, ढल निकासलाई नदीको पैवाहीकरणबाट पुर्णत अलग गरी निर्मलीकरण गर्ने, वातावरण प्रतिकुलका हानीकारक प्रभाव तथा असरलाई घटाउन एकिकृत रुपमा जनचेतना कार्यक्रम गर्ने रहेको छ । 

सवारी साधनबाट निष्कने धुँवा तथा धुलोलाई कमगर्न यातायातलाई दिगो र वातावरण मैत्री बनाउने कार्यका लागि इन्धनको गुणस्तर कायम गर्दै स्वच्छ उर्जाको उपयोगका लागि अग्रसर हुने, नगरपालिका यातायात गुरुयोजना, सडक यातायात, करको दरमा एकरुपता कायम गराउने, जग्गा विकास आयोजना सञ्चालन खरिद ऐनमा एकरुपता, प्रदुषण नियन्त्रण प्रयास, प्रदुषण शुल्क र यसको उपयोग, सामुदायिक तथा सरकारी वन, नियमावली निर्माण र कार्यान्वयनजस्ता विषमा बैठकले प्रतिबद्धता जनाएको छ । बैठकमा उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा