कात्तिक १४, सल्यान । सल्यानको कपुरकोट गाउापालिकाले वार्षिक समिक्षा कार्यक्रम समपन्न गरेको छ । जनप्रतिनिधी आएपछि भएका कामको समिक्षा र प्रगती प्रस्तुत गरिएको हो । वडा कार्यालय, विषयगत कार्यालय तथा विभिन्न शाखाहरुले दुई दिन सम्म गएको वर्ष संचालित योजना तथा कार्यक्रमको मसिनो ढंगले समिक्षा गरेका छन् । गोष्ठीमा वडा अध्यक्षहरुको गुनासो देखि सृजनशिल कामहरु र विषयगत शाखा सञ्चालनमा आएका समस्या र समस्या समाधानका उपायहरुका बारेमा समेत गहिरो ढंगले छलफल भएको गाउँपालिकाका सूचना अधिकारि जीवराज केसीले जानकारि दिए ।
मंगलबार र बुधबार गरि दुई दिन चलेको समिक्षा गोष्ठीमा समग्र गाउँपालिकाको प्रगति प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत गत आर्थीक वर्ष २०७४।०७५ मा पूर्ण खोप सुनिश्चीत गाउँपालिका घोषणा, गाउँपालिका भवन निर्माण कार्य अघि बढ्नु र मुख्य वजार क्षेत्र ( कपुरकोट) को फोहोर व्यवस्थापनका लागि समिति गठन तथा परिचालन, फोहोर व्यवस्थापन केन्द्र निर्माण हुनु जस्ता कार्य प्रमुख उपलव्धीको रुपमा रहेको बताए ।
वार्षिक वित्तीय प्रगती सुनाउँदै रिजालले भने, गत वर्ष कुल बजेट २३ करोड ६२ लाख २३ हजार ८ सय मध्ये २१ करोड ८७ लाख ४३ हजार ४५६ रुपैयाँ खर्च भएको छ ।
गाउँपालिकाले गत वर्ष नयाा कच्ची सडक ५१ वटा निर्माण भएको जनाएको छ । यस्तै ४४ वटा खानेपानी, ३ वटा कुलो र ६ वटा पोखरि, १० वटा कृषि टहरा, ३ वटा खोप केन्द्र, एउटा विद्यालय भवन तथा २१ वटा विद्यालय फिल्ड र अन्य पूर्वाधार निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत रिजालले जनाए ।
यस्तै ४३ वटा प्रविधि हस्तान्तरण तथा क्षमता विकास तालिम सञ्चालन गरिएको, ६ वटै वडाबाट स्वास्थ्य सेवा प्रदान गरिएको, पूर्ण सरसफाई तर्फ उन्मुख रहेको, विद्यालय शिक्षा तथा परीक्षा प्रणालीमा एकरुपता कायम गर्न शैक्षिक क्यालेण्डर निर्माण तथा कार्यान्वयनमा ल्याइएको जस्ता प्रमुख प्रगती उनले समिक्षा गोष्ठीमा सुनाए । कपुरकोट गाउँपालिकाले २९ वटा ऐन तथा नियमावली समेत पारित भइसकेको जनाएको छ ।
कार्यक्रममा वडाअध्यक्षहरुले परम्परागत मेलापर्वका विकृतीहरु जुवा, तास, मदिरा सेवन जस्ता कार्यलाइ नियन्त्रण गर्न सफल भएको जनाएका थिए ।
गाउँपालिकाले आगामी वर्ष भौतिक पूर्वाधारहरुको स्तरोन्नती तथा नयाँ निर्माण, कृषि विकास तथा अर्र्गानिक खेती विकास, ग्रामिण बिद्युतिकरण, वन वातावरण संरक्षण, सामाजिक विकास, सांस्कृतिक पहिचान तथा संरक्षण र मानव संसाधन विकासलाइ प्रमुख नितीको रुपमा लिएको छ ।
यस्तै पाँच वर्ष भित्रमा सवै वडा कार्यालय सम्म पक्की मोटरबाटो पुर्याउने र अर्गानिक तरकारी खेती, नमुना फलफुल खेती, उन्नत जात तथा तरिकाको कृषि तथा फलफुल खेतीको माध्यमबाट कृषि पर्यटनको विकास गर्ने नीति पनि गाउापालिकाले लिएको छ ।