2026-09-19 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के महिनावरीमा महिलाहरु अशुद्ध हुन्छन् ? यस्ता छन् केही भ्रमहरु र तीनका यथार्थता

मासिक श्राव भएको अवस्थालाई हामी ‘पर सरेको’अथवा ‘अशुद्ध भएको’ भन्ने गर्छौं । यहि मान्यताका कारण महिलाहरुलाई खानेकुरा छुन दिइदैन, पूजाआजामा बन्देज लगाइन्छ । शुभकार्यका लागि यो अवस्थामा अनुमति दिइदैन ।

मासिक श्राव एउटा शारीरिक चरण हो, जो हरेक महिलाहरुको जीवनमा हुने गर्छ । त्यो पनि नियमित रुपमा ।

मासिक श्राव हुनु भनेको महिला प्रजननका निम्ति योग्य भएको संकेत गर्छ । तर, सामाजिक चेतनाका अभावमा पहिलोपटक महिनावारी हुँदा केटीहरु डराउने गर्छन् । विभिन्न धार्मिक मान्यताले गर्दा उनीहरुलाई घरभित्र धेरै कामहरु गर्न रोक लगाइन्छ । गाउँको कुरा छाडौं शहरी समाजमा पनि महिनावारी भएका महिलालाई थुप्रै कुरामा बन्देज छन् ।

सामाजिक चेतनाको अभावमा नै महिनावारीबारे भ्रम विद्यमान रहेका हुन् । यहाँ हामी त्यस्तै केही भ्रमहरु र तीनको यथार्थ प्रस्तुत गर्दैछौ :

१. महिनावारी भएकी महिला फोहोरी र अशुद्ध हुन्छिन्

महिनावारीमा फोहोरी र असुद्धता केही पनि हुँदैन । यो तपाईं प्रजननका लागि योग्य हुनुहुन्छ भन्ने एउटा प्रमाण हो ।

२. महिनावारी भएन भने गर्भवती भएको हो ?

गर्भ रहन गयो भने महिनावारी रोकिन्छ, तर महिनावारी रोकिनुका अरु पनि थुप्रै कारण हुन सक्छन् । जस्तै तनाव, खराब खानपिन, वजन घटनु, हार्मोनमा परिवर्तन, आदि । यदि पटक पटक महिनावारी रोकियो भने डाक्टरसँग परामर्श लिनुपर्छ ।

३. महिनावारीको बेला पुजा गर्नु हुँदैन

माथि नै भनियो कि महिनावारीमा असुद्धता केही हुँदैन । तर, हाम्रो समाजमा महिनावारी भएकी महिलालाई व्रत बस्न, मन्दिर जान र पुजा गर्न रोक लगाइन्छ । यो गलत सोच हो ।

४. महिनावारीमा अचार छोयो भने बिग्रिन्छ

यो सबैभन्दा हास्यास्पद र निराधार सोच हो । मानौं कि यी दिनमा महिलाहरुको हातबाट जीवाणु र किटाणु एकसाथ निस्केर अचारमा जान्छन् र अचार बर्बाद हुन्छ । यो बकवास कुरा हो ।

५. मासिक धर्मले शरीर कमजोर हुन्छ

यो बिल्कुल असत्य हो । तपाईंको शरीर रगतको कमिले गर्दा कमजोर हुँदैन । महिनावारी हुँदा तपाईंको शरीरबाट औसत १ सय ५० मिलिलिटर रगत जान्छ,जुन केवल ४-५ चम्चा । तर, यदि तपाईंको शरीरमा रगतको कमी छ भने अर्कै कुरा हो ।

६. महिनावारीको रगत दुर्गन्धित हुन्छ

विल्कुल हुँदैन । मासिक धर्मको दौरान निस्कने रगत अरु बेला शरीरका अन्य अंगबाट बग्ने रगतभन्दा फरक हुन्दैन । यसमा कुनै किसमको गन्ध र असामान्य पदार्थ हुँदैन ।

७. महिनावारीमा नुहाउँदा बाँझोपन हुन्छ

यो गलत धारणा विशेषगरी अफगानिस्तानमा पाइन्छ । त्यहाँको मान्यता छ कि महिनावारीमा नुहाएको खण्डमा महिलाको प्रजनन क्षमतामा असर पर्छ ।

८. सेनेटरी नेप्किनबाट क्यान्सर फैलिन्छ

बोलिभियामा के अन्धविश्वास छ भने यदि प्रयोग गरिएको नेप्किन कुनै पुरुषले देख्यो भने उसलाई क्यान्सर हुन्छ । यसलाई लिएर कडा चेतावनी नै दिने गरिएको छ । स्कुल जाने छात्राहरु प्राय प्रयोग गरिएको प्याडलाई आफ्नो ब्यागमा राखेर घरै लिएर आउँछिन् किनकी स्कुलको डस्टबिनमा त्यसलाई फ्याक्न पाइदैन ।

अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई