२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला पन्त हत्या प्रकरण: एसपी विष्टले फेसबुकमार्फत यसरी पीडा पोखे

२०७५, १६ कार्तिक शुक्रबार १२:४८

कात्तिक १६, डोटी । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्तमा परेका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पीडा पोख्न थालेका छन् । 

आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विष्टले ‘सत्य इमान्दारीताका पक्षमा वकालत गर्दा गर्दै जागिरको अन्त्य भएको’ उल्लेख गरेका छन् । 

उनले आफ्नो दायित्वको पक्षमा वकालत गर्दागर्दै जागिर अन्त्य भएको उल्लेख गर्दै निष्ठा र स्वाभिमानको अन्त्य नभएको स्ट्याटसमा लेखेका छन् । 

खडेरी परेका बेला सत्य ओइलाउन सक्ने तर कहिल्यै नमर्ने कुरासमेत उनको फेसबुक स्ट्याटसमा उल्लेख छ । उनले लेखेका स्टाटसमा अधिकांशले न्याय पक्का मिल्नेछ भन्ने टिप्पणी समेत राख्ने गरेका छन् ।

निर्मला पन्त हत्याको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले गत कार्तिक ८ गते उनलाई  र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको थियो ।

साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा