२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौचन हत्या प्रकरण : समीरमानकी श्रीमती माया शेरचन पक्राउ

२०७५, १८ कार्तिक आईतवार ०८:२४

कार्तिक १८, काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या अभियोगमा प्रहरीले हाल थुनामा रहेका गुण्डा नाइके समीरमान बस्नेतकी पत्नी माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ।


 काठमाडौंबाट महानगरीय अपराध महाशाखाका टोलीले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ। मायालाई गौचनसहितका व्यवसायीको हत्या तथा अन्य अपराधका घटनामा संलग्न भएको अभियोगमा  पक्राउ गरिएको हो । अनुसन्धानका क्रमम समीरमानको अपराधमा मायाको पनि संलग्नता पाइएको हो । 

नयाँबानेश्वरस्थित आलोकनगरमा भएको गौचन हत्या अभियोमा यही कात्तिक १२ गते प्रहरीले हत्याको जिम्मेवारी लिने लोप्साङ लामा, अम्बरबहादुर राना र  रोशन बुढाथोकीलाई पक्राउ गरेको थियो । त्यसपछिको अनुसन्धानबाट मायाको संलग्नता देखिएको प्रहरीको भनाइ छ । 

 काठमाडौँ जिल्ला अदालतबाट मायालाई पक्राउ पूर्जी लिएर समातिएको हो । मायाको गौचन तथा नेकपा एमालेनिकट युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या र अन्य अपराधमा पनि मिलेमतो पाइएको प्रहरीले जनाएको छ । 

उनले दावालाई गोली हान्ने बेलामा काठमाडौंको सितापाइलामा सुटर अम्बर बहादुर रानालाई पेस्तोल दिइकी थिइन्। पछि दावालाई गोली हानेपछि आफूले समीरको श्रीमतीलाई पेस्तोल फिर्ता गरेको अम्बरले बयानका क्रममा भनिसकेका छन्।

गौचनलाई गोली हान्ने बेलामा पनि समीरकै श्रीमतीले पेस्तोल दिएको र आफूले गोली हानेको अम्बरले बताएका छन्। समीरलाई भने अहिले मुस्ताङ जेलमा थुनिएको छ । उनलाई २०७४ मंसिरमा पक्राउ गरी गौचन हत्या अभियोगमा जेल चलान गरिएको थियो । उनी भारतमा पक्राउ परेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा