२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा भब्यताका साथ मनाइयो फाल्गुनन्दको जन्मजयन्ती

२५ कार्तिक २०७५, आईतवार १२:०४

कमल घिमिरे। कार्तिक २५।पाँचथर,  १६ औँ राष्ट्रिय विभुती  मुहिङगुम अङसीमाङ  फाल्गुनन्दको १३४ औँ जन्मजयन्ति पाँचथरको फिदिममा विविध कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाइएको छ ।

    अहिंसावादी,समाजसुधारक किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती का विभिन्न धार्मिक कार्यक्रम गत कात्तिक २३ गते बाटै सुरु गरिएको थियो। गुरु गुरुआमाज्युहरु बाट चरु हवन गरी हजारौँ को संख्यामा साँस्कृतिक झाँकी सहित फिदिम बजार परिक्रमा गरिएको थियो।जन्मजयन्ती कार्यक्रममा नेपाल तथा भारतका धेरै संख्यामा किरात तथा अन्य धर्मावलम्बीहरुको उपस्थित रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल तथा किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पबित्राहाङमा लिङग्देनको उपस्थितिमा फिदिम नगरपालिका वडा नं. १ स्थित शनिवारे बजारमा अहिले सम्मकै ठूलो १२.८फिट रहेको महागुरुको शालिक र  सुम्हात्लुङ गढी स्थित मेची इङलिस बोडिङ स्कूल परिसरमा अवस्थित किरात माङहिम उद्घाटन गरिएको छ। यसै अवसरमा पाँचथर केलाङ साँस्कृतिक समाजको विशेष केलाङ प्रस्तुति साथै फिदिम उच्च मा.वी.को खेल मैदानमा राष्ट्रिय कलाकारहरुको साथमा साँस्कृतिक तथा सांगीतिक कार्यक्रम समेत गरिएको थियो। यस कार्यक्रमलाई सफल पार्न जिल्लाका विभिन्न १५ वटा संघ संस्थाहरुले सहयोग गरेका छन् । यस कार्यक्रमको मुख्य प्रर्वद्धक फिदिम नगरपालिका रहेको र अन्य विभिन्न देश विदेशमा रहेका संघ संस्था तथा भक्तजनहरु बाट सहयोग मागेर कार्यक्रम गरिएको  मूल आयोजक समारोह समितीका सचिव सुवास तुम्बापोले बताउनुभयो ।
      किरात धर्मगुरु फाल्गुनन्द लिङ्देनको जन्म वि.सं.१९४२ कार्तिक २५ गते इलामको इभाङ ५ चुक्चिनाक्बाऔउ मा बुवा जगनबाज लिङ्देन र आमा हंसमति लिङ्देनको कोखबाट साँँहिला छोराको रुपमा भएको थियो । फाल्गुनन्दले वि.सं.१९८८ साल वैशाख २४ गते पाँचथरको सत्र थुम तथा लब्रेकुटीबाट समाज सुधारका ७ बुँदे घोषणा पत्र जारी गरेका थिए । सरकारले उनिलाइ वि.सं. २०६६ साल मङ्सीर १६ गते राष्ट्रिय विभुती घोषणा गरेको थियो ।किरात धर्ममा विशेश योगदान दिएका महागुरु  लिङ्देनको वि.सं.२००५ चैत्र २२ गते निधन भएको थियो । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान