Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सोलुखुम्बुमा भ्रमणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कात्तिक २६, सोलुखुम्बु | खुम्बु–पासाङल्हामु गाउँपालिका ४ दिङ्बोचेमा एक मलेसियालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीया वङ वेनडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।&nbsp;<br></p><p>आइतबार भ्रमणका लागि खुम्बु आइपुगेको चार जनाको समूह दिङ्बुचेस्थित गुडलक होटलमा बास बसेकै ठाउँमा वेनडीको राति मृत्यु भएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।</p><p>मृत्युको कारण यकिन नभए पनि लेक लाग्ने समस्या भएको हुन सक्ने अनुमान गरिएको छ । शवको कानूनी प्रक्रिया पूरा गरी परीक्षण्का लागि आज बिहान हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताइएको छ ।&nbsp;</p>