२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा मंसिर ३ बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने

२०७५, २६ कार्तिक सोमबार १४:२०


कमल घिमिरे।कार्तिक२६।पाँचथर, पाँचथरमा आगामी मंसिर ३ गते बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएकोछ ।
  राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले  फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी परिचयपत्र वितरण गर्न लागेको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक दिपक काफ्लेले आगामी मंसिर ३ गते बाट पाँचथर तथा सिंहदरबारका कर्मचारीहरुलाई परिचयपत्र वितरण गर्न लागिएको बताउनुभयो ।
उहाँले परिचयपत्र वितरणको उद्घाटन पाँचथर सदरमुकाम फिदिममा प्रधानमन्त्री वा अन्य मन्त्रि ल्याएर उद्घाटन गरेर परिचयपत्र वितरण गरिने बताउनुभयो ।
परिचयपत्र वितरण जिल्ला प्रशासन कार्यालय पाँचथर लगायत अन्य जिल्लाको गाउँपालिकाको विभिन्न वडाको केन्द्रमा गएर गरिनेछ । अहिले सम्म पाँचथरमा ५० हजार ९ सय ५४ जनाको राष्ट्रिय परिचयपत्र वितरण संकलन सकिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले  बताउनुभयो ।
गत असार ५ गते बाट पाँचथरमा परिचयपत्र बनाउन संकलन कार्य शुरु गरिएको र आगामी पौष १५ सम्ममा संकलनको काम सकिसक्ने विभागका महानिर्देशक काफ्लेले बताउनुभयो । पाँचथर र सिंहदरबार पश्चात दोस्रो चरणमा १५ जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्य थालिने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा