2026-10-05 08:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

देउसीको रकमबाट महिला तथा बालबालिका भवन निर्माण गरिने

कात्तिक २७, सोलुखुम्बु | देउसी भैलोबाट सङ्कलन भएको रकम महिला तथा बालबालिका भवन निर्माणमा खर्च गरिने भएको छ । यहाँको थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाले आयोजना गरेको देउसी भैलोबाट सङ्कलन भएको रु तीन लाख २७० भवन निर्माणमा खर्च गर्ने भएको हो । 

वडाध्यक्ष रामसङ्घर्ष किराँतीका अनुसार जनतासँग भेटघाट देउसी भैलो कार्यक्रमअन्तर्गत उक्त रकम सङ्कलन भएको हो । देउसीबाट सङ्कलन भएको रकमले भोज खाने र रमाइलो गर्ने चलन रहेकाले त्यस्ता कार्यलाई निरुत्साहित गर्न भवन निर्माणमा खर्च गर्ने निर्णय गरिएको हो, वडाध्यक्ष किराँतीले भन्नुभयो, “वडामा निर्माण उक्त भवनको लागि गाउँपालिकाबाट रु १० लाख विनियोजन भएको छ, त्यसैमा रकम थप गरेर सोचेको भन्दा राम्रो वनाउने योजना छ ।” 

उपभोक्ता समितिमार्फत योजना सञ्चालन हुँदा कूल बजेटको २० प्रतिशत रकम बराबरको जनश्रमदान गर्नुपर्छ । वडा कार्यालयको संयोजकत्वमा प्रगतिशील महिला समूह, परिवर्तनशील बाल क्लब, र सोही वडाको शुक्रबारे बजार व्यवस्थापन समितिले संयुक्तरुपमा देउसी भैलो कार्यक्रम सञ्चालन गरेको थियो । 

देउसीबाट सङ्कलन भएको रकमको दुरुपयोग गर्न नदिन वडा कार्यालय सचेत रहेको पनि अध्यक्ष किराँतीको दाबी छ । उहाँले भन्नुभयो, “अन्य विभिन्न सङ्घसंस्थाले आफ्नै उद्देश्य राखेर देउसी खेलेका छन् त्यसको वडा कार्यालयले निगरानी राख्नुपर्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर