२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा जडीबुटी खेती

२९ कार्तिक २०७५, बिहीबार ०७:५८

कात्तिक २९, बाँके | जिल्लामा एक सय १२ हेक्टर जमीनमा जडीबुटी खेती गरिएको छ । किसानले ९३ हेक्टरमा मेन्था र १२ हेक्टरमा केमोमाइल खेती गरेका छन् । गत आर्थिक वर्षदेखि यहाँ कुरिलो खेतीको शुरुआत गरिएको छ । 

राप्तीसोनारी गाउँपालिकाको तीन सामुदायिक वनमा कुरिलो खेती शुरु गरिएको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताउनुभयो । राप्ती सोनारीको जलजला, बसेरी र छग्रह्वा सामुदायिक बनमा कुरिलो खेती गर्न थालिएको हो । यसबाट आम्दानी लिन कम्तीमा तीन वर्ष लाग्नेछ । गत आवमा जिल्लामा सात हजार लिटर मेन्था तेल र ७१ लिटर केमोमाइल तेल उत्पादन भएको थियो । 

कृषि क्षेत्रको विकासका लागि अनुदान र सस्तो ब्याजदरमा ऋण प्रदान गरेजस्तै जडीबुटी खेतीको प्रवद्र्धन गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने जडीबुटी व्यवसायीको माग छ । सरकारी नीति फितलो हुँदा जडीबुटी खेती फस्टाउन नसकेको अध्यक्ष अन्सारीले बताउनुभयो । “जडीबुटी खेती गर्ने किसानलाई सरकारले प्राथमिकताको सूचीमा राख्नुपर्यो”, उहाँले भन्नुभयो । जडीबुटी व्यवसाय प्रवद्र्धन गर्न राज्यको लगानी शून्य रहेको उहाँको आरोप छ । 

किसानको व्यक्तिगत लगानीमा मात्र बजारीकरण सम्भव नभएको अन्सारीले बताउनुभयो । “बजारीकरण र भण्डारणका लागि राज्यको तर्फबाट पहल हुनु पर्छ,” उहाँले भन्नुभयो । जिल्लामा कुरिलो र केमोमाइलको खेतीबारे जिल्ला वन कार्यालयसँग तथ्याङ्क छैन । सहायक वन अधिकृत टेक नेपाली निजी जमीनमा केमोमाइल खेती भइरहेको बताउनुहुन्छ । केमोमाइल र कुरिलो निकासी गर्दा र बिक्री वितरण गर्दा वन कार्यालयसँग अनुमति लिनुपर्ने प्रावधान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता