२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनएमबी बैंकको नाफा तीन महिनामै आधा अर्ब नाघ्यो

२०७५, ३० कार्तिक शुक्रबार १०:०९

कार्तिक ३० काठमाडौं । एनएमबि बैंकले चालू आवको पहिलो त्रैमासिकमा ५५ करोड ५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरणमा गत आवको पहिलो त्रैमासभन्दा ९ करोड रुपैयाँ बढी नाफा गरेको देखिएको हो ।

वित्तीय विवरण अनुसार हाल बैंकको निक्षेप ८५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने कर्जा ८२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा निक्षेपमा १३ अर्ब ८० करोड तथा कर्जामा १९ अर्ब ३० करोड रुपैयाँ वृद्धि भएको हो । यस त्रैमासमा बचत निक्षेपमा २ अर्ब २४ करोड रुपैयाँले वृद्धि भएको छ ।

एनएमबि बैंकले विदेशी संस्था आइएफसीबाट अमेरीकी डलर १ करोड ५० लाखको कर्जा लिन सफल हुने पहिलो र हालसम्मकै एकमात्र बैंक हो । बैंकले गरेको उपलब्धीमा प्रतिसेयर आम्दानी रु. २६.६४ र प्रतिसेयर नेटवर्थ रु. १९९.७५  कायम राखेको हो ।

हाल एनएमबि बैंकले ११० वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ९७ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ