२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा दुग्ध उद्योगबाट रोजगारी

२०७५, १ मंसिर शनिबार ०६:४५

मङ्सिर १, पाल्पा | यहाँ पशुपालन व्यवसाय फस्टाएसँगै दुग्ध उद्योगबाट युवाले रोजगारी पाउन थालेका छन् । 

बढ्दो बेरोजगार समस्यालाई हल गर्नका लागि जिल्लामा सञ्चालित साना तथा ठूला दुग्ध उद्योगबाट ५० भन्दा बढी युवाले रोजगारी पाउन सफल भएका हुन् । विदेशबाट फर्केका युवाले पशुपालन तथा दुग्ध उद्योग सञ्चालनमा राम्रो सफलता र प्रशस्त आम्दानी हुन थालेका छन् । 

पाल्पाका ग्रामीण तथा शहरी क्षेत्रमा ५०० देखि ९०० गाईभैँसीपालन गरी दूध बेच्न थालेसँगै जीवनशैली फेरिएको छ । डेरी एशोसिएसन पाल्पामा हालसम्म ११ दुग्ध उद्योग छन् । जिल्ला सदरमुकाम तानसेन नगर क्षेत्रमा सात र रामपुर नगरपालिका क्षेत्रमा चार दुग्ध उद्योग सञ्चालनमा छन् । 

डेरी एशोसिएसन पाल्पाका अध्यक्ष टीकाराम खरालले दुग्ध उद्योगमा कामदारको रु ३० हजारदेखि ४० हजारसम्म पारिश्रमिक रहेको जानकारी दिनुभयो । दैनिकरूपमा उपभोक्ता बढेपछि कामदारको सङ्ख्यासमेत बढ्दै गएको छ । दूध सहजरूपमा खपत हुँदा किसान लाभान्वित हुनपुगेका छन् । 

श्रीनगर दुग्ध डेरीका सञ्चालक रोमक्रान्त न्यौपानेका अनुसार पाल्पाबाट करीब एक करोड बराबरको छुर्पी जिल्ला बाहिर निर्यात हुने गर्दछ । किसानले उत्पादन गरेको दूधलाई सदुपयोग गर्दै छुर्पी बनाउन थालिएको हो । पाल्पामा उत्पादित छुर्पी नेपालको नमूना छुर्पीका रूपमा स्थापित हुँदै गएको व्यवसायी बताउँछन् । 

दुग्धजन्य पदार्थबाट दही, घ्यू, पनिर, खुवा, कुल्फी, आइसक्रिमलगायतका वस्तुको उत्पादनले व्यावसायिक रूप लिएको छ । दुग्धजन्य परिकार पोखरा, बागलुङ, स्याङ्जा, गुल्मी, पर्वत, रुपन्देही, काठमाडौँलगायत जिल्लामा निर्यात हुने गरेको बताइएको छ । पाल्पाका किसानलाई अहिले दैनिक रु ४५ लाख बराबरको आम्दानी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु