Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा अङ्गीकृत नागरिकता लिनेको संख्या बढ्दै

२०७५, ५ मंसिर बुधबार ०८:५१

मङ्सिर ५, लमही | नयाँ संविधान जारी भएपछि दाङबाट अङ्गीकृत नागरिकता लिने बढ्दै गइरहेका छन् । 

२०७२ असोजमा जारी भएको नयाँ संविधानमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले अङ्गीकृत नागरिकता पाउने व्यवस्था भएपछि जिल्ला प्रशासन कार्यालय दाङले अहिलेसम्म ९१ वटा वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको छ । 

जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार आर्थिक वर्ष २०७२÷०७३ को असोजदेखि असारसम्म २६ जना, आव २०७३÷०७४ मा २१ जना, २०७४÷०७५ मा ३३ जना र चालू आवको अहिलेसम्म ११ ले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । 

अङ्गीकृत नागरिकता लिने अधिकांश नेपाली पुरुषसँग बिहे गरेका भारतीय महिला रहेको जिल्ला प्रशासन कार्यालय दाङका सूचना अधिकारीसमेत रहनुभएका आचार्यले बताउनुभयो । २०७३ असोज ३ मा संविधान जारी भएको संविधानले नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले अङ्गीकृत नागरिकता पाउने व्यवस्था गरेको छ । यसअघिको संविधानमा समेत यस्तो व्यवस्था थियो । 

अहिलेसम्म जिल्ला प्रशासन कार्यालय दाङले जम्मा ३९१ वटा वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा बलदेव बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार विवाह दर्ता, पतिको नागरिकता, विदेशी नागरिकता परित्याग गरेको निस्सा वा प्रमाण, हुलाकको रजिष्ट्ररी गरेको रसिद र शपथपत्रसहितको आवेदन दिएको प्रमाणका आधारमा भारतीय महिलाले वैवाहिक अङ्गीकृत नागरिक प्राप्त गर्ने व्यवस्था रहेको छ । यी सबै प्रक्रिया पूरा गरेर आएको निवेदनलाई जिल्ला प्रशासन कार्यालय दाङले नागरिकता दिने गर्दै आएको उहाँको भनाइ छ । 

नयाँ संविधानले अङ्गीकृत नागरिकलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, सुरक्षा प्रमुखबाहेक जुनसुकै पदमा पुग्न पाउने अधिकारको प्रत्याभूति गरेको छ । 

अङ्गीकृत लिन यस्तो छ व्यवस्था 

नेपालको संविधान २०७२ को भाग २ अनुसार नेपाली नागरिकता वंशज, अङ्गीकृत र आवासीय गरी तीन प्रकारले पाउन सकिने व्यवस्था छ । अङ्गीकृत नागरिकता पनि दुई प्रकारले पाउन सकिने व्यवस्था छ, वैवाहिक अङ्गीकृत र जन्मको आधारमा । 

नेपालको कानूनअनुसार विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाका श्रीमान्ले अङ्गीकृत नागरिकता पाउने सवालमा ती विदेशी लगातार १५ वर्ष नेपालमा बसेको हुनुपर्ने र आफ्नो देशको नागरिकता त्यागेको हुनुपर्ने विद्यमान व्यवस्था छ तथापि नेपाली पुरुषको हकमा विदेशी महिलासँग विवाह गरेको भोलिपल्टै ती विदेशी महिलाले नागरिकता पाउने प्रावधान छ । 

त्यसैगरी नेपाली आमा र विदेशी बाबुको सन्तानले अङ्गीकृत नागरिकता पाउने तर विदेशी बाबुले नेपाली नागरिकता पाइसकेको खण्डमा भने सन्तानले वंशजको आधारमा नागरिकता पाउने प्रावधान नेपालको कानूनमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ