पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मङ्सिर ७, दाङ | </b>सल्यानको कपुरकोटमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको साधारणसभा हुने भएको छ । कर्णालि प्रदेशको प्रवेशद्धार कपुरकोटमा वार्षिक साधारणसभा भोलि शनिबार आयोजना गरिएको महासंघले जनाएको छ ।<br></p><p>साधारणसभामा सांगठनीक, आर्थीक तथा प्रगती प्रतिवेदन प्रस्तुत हुने र वृहत रुपमा छलफल एवम् महत्वपूर्ण निर्णयहरु गरिने जनाइएको छ । विहान ८ बजेदेखि शुरु हुने साधारणसभामा उपस्थीत भइदिन सम्पूर्ण सल्यान शाखाका सदस्यहरुलाइ महासंघ जिल्ला कार्यसमितीले अनुरोध गरेको छ ।</p><p>जिल्लाका विभिन्न पर्यटकीय स्थल सम्म पुगेर बैठक गर्दै आइरहेको महासंघले तरकारि खेतीका लागी ख्याती कमाएर कपुरकोटमा साधारणसभा गर्न लागेको हो ।</p>

