२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालका औषधि उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेनन्

२०७५, ९ मंसिर आईतवार ०९:००

मङ्सिर ९, चितवन (रासस) | नेपालका औषधि उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् । 

मागको ७० प्रतिशत नेपाली उत्पादनले धान्न सक्ने भए पनि ४१ प्रतिशत मात्रै उत्पादन हुँदै आएको व्यवसायीले बताएका छन् । नेपाल औषधि उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष दीपकप्रसाद दाहालले यहीँ उत्पादन हुने औषधि पनि प्रतिस्पर्धाका नाममा आयात गर्दा क्षमताअनुसार नेपाली उद्योगले उत्पादन गर्न नसकेको बताउनुभयो । 

भारतले त्यहाँका औषधि उद्योगलाई विभिन्न ३५ वटा शीर्षकमा अनुदान दिने भए पनि नेपालमा त्यो व्यवस्था छैन । जसका कारण भारतमा उत्पादित औषधि सस्तो हुने गर्दछ । दाहालले विश्वका अधिकांश मुलुकले आफ्नो देशमा उत्पादन हुने औषधिको कच्चा पदार्थ मात्रै विदेशबाट आयात गर्ने भए पनि नेपालमा त्यसो हुन नसक्दा क्षमताअनुसार उत्पादन गर्न नसकिएको बताउनुभयो । 

नेपालमा हाल ५३ औषधि उद्योग सञ्चालनमा छन् । पन्ध्र उद्योग सञ्चालनको तयारीमा छन् । ती उद्योगमा रु २५ अर्बभन्दा बढी लगानी भएको सङ्घले जनाएको छ । नेपाली उत्पादनले ४१ प्रतिशत धानेको छ भने ४९ प्रतिशत भारतीय र १० प्रतिशत अन्य विदेशी मुलुकबाट औषधि आयात हुँदै आएको छ ।

गत आर्थिक वर्षमा मात्रै रु २५ अर्ब ८१ करोडको औषधि आयात भएको उहाँले जानकारी दिनुभयो । यहाँका उद्योगले रु १८ अर्ब २५ करोडको औषधि उत्पादन गरेका थिए । भारतबाट मात्रै रु २१ अर्ब ४२ करोडको औषधि आयात भएको बताइएको छ । आव २०७२/७३ मा ४५ प्रतिशत हिस्सा नेपाली औषधिले धानेको भए पनि गत आर्थिक वर्षमा चार प्रतिशतले कमी आएको छ । 

यहाँका उद्योगी कच्चा पदार्थमा समेत भारतमा निर्भर छन् । वर्षेनी रु ६ अर्ब हाराहारीको कच्चा पदार्थ भारतबाट आउने गर्दछ । दाहालले भारतले पनि ८० प्रतिशतभन्दा बढी कच्चा पदार्थ चीनबाट आयात गर्ने गरेको जानकारी दिनुभयो । ठूलो मात्रामा ल्याउनुपर्ने भएकाले नेपालले सोझै चीनबाट कच्चा पदार्थ आयात गर्न नसकेको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ