६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार थामियो

११ मंसिर २०७५, मंगलवार ११:२१

मङ्सिर ११, काठमाडौँ | धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार घट्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ६१ विन्दुले बढेर एक हजार १६१ दशमलव ४३ विन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ विन्दुले बढेर २४६ दशमलव ९६ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५४ कम्पनीको सात लाख ८८ हजार १६९ कित्ता शेयर रु २३ करोड १६ लाख ८२ हजार ९६१ मा खरीद बिक्री भएको हो । 

कारोवार भएका कूल दश उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको र बाँकी पाँच उपसमूहको बढेको छ । बैङ्किङ दुई दशमलव २२, होटल १० दशमलव ०८, विकास बैङ्क तीन दशमलव ८६, जलविद्युत् चार दशमलव ८१ र अन्य दुई दशमलव २७ विन्दुले बढेको छ । यस्तै वित्त शून्य दशमलव ८६, निर्जीवन बीमा २७ दशमलव ९३, उत्पादन एक दशमलव सात, लघुवित्त एक दशमलव ४८ र जीवन बीमा छ दशमलव शून्य एक विन्दुले घटेको छ । सामान्य सुधार भएको बजारमा सूर्याेदय लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलर्पस लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था, अपि पावर कम्पनी, समिट माइक्रोफाइनान्सका शेयरधनीले कमाएका छन् । 

यस्तै एनएलजी इन्सुरेन्स कम्पनी, स्वरोजगार लघुवित्त वित्तीय संस्था, तिनाउ डेभलपमेन्ट बैङ्क, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, नेपाल सेवा लघुवित्त वित्तीय संस्था र एक्सेल डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले गुमाएका छन् । यस्तै नेपाल क्रेडिट एण्ड कर्मस बैङ्क लिमिटेडको एक करोड ५४ लाख ८४ हजार १० कित्ता हकप्रद शेयर स्कटमा सूचीकृत भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता