2026-10-29 05:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मृत्यु भएपछि उद्धार अनुमति

मङ्सिर १३, काठमाडौं | घटना १ : मंसिर ५ गते। बिहान साढे ६ बजे डोल्पाबाट पर्यटक उद्धारको अनुरोध आयो। हेलिकप्टर कम्पनीले आवश्यक कागजात पुर्याएर गृहमन्त्रालयको अनुमति माग्यो। तर गृहका कर्मचारीले सम्बन्धित सीडीओको अनुमति नपाएको भन्दै दिउँसो ३ बजे मात्र अनुमति दियो। हेलिकप्टर पुग्दा पर्यटकको मृत्यु भइसकेको थियो। गृहको ढिलाइका कारण क्यानेडेली नागरिक र्यान्डल फेरिस बेकरले ज्यान गुमाए।

आजको अन्नपुर्ण पोष्टमा यो खबर छ, घटना २: गत वर्ष माथिल्लो मुस्ताङ पदयात्रामा गएका अमेरिकी नागरिक एइथ इरल्याण्ड जेलम झाडापखालाले थलिए। उनले बिहान ८ बजे उद्धार मागेका थिए। तर गृहले दिउँसो साढे २ बजे मात्र स्वीकृति दियो। हेलिकप्टर पुग्दा उनको पनि मृत्यु भइसकेको थियो।

घटना ३: तीन जना विदेशी नागरिक मंगलबार गोरखाको सामागाउँ पदयात्रामा गए। उनीहरु ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालको कम्पनी नेपाल एन्भाइरोमेन्ट ट्रेक्स एण्ड एक्स्पीडिसनमार्फत गएका थिए।

तीमध्ये अस्ट्रेलियन नागरिक अमान्डा लेक लागेर बिरामी परे। उनले बिहान ११ बजे उद्धार मागे। दाहालले तुरुन्तै हेली एभरेष्टलाई आग्रह गरे। तर गृहले साँझ परेपछि मात्रै अनुमति दियो। उनको उद्धार भोलिपल्ट बिहान ८ बजे मात्रै भयो।

उडान अनुमति दिने निकाय गृह मन्त्रालय हो। उसको चरम लापरवाहीले विदेशी पर्यटकको अनाहकमा मृत्यु भएको छ। हरेक वर्ष गृहको गैरजिम्मेवारीका कारण दर्जनौं पर्यटक ज्यान गुमाउने गर्छन्। एकातिर पर्यटकको संख्या वृद्धि गरी अर्थतन्त्र सुदृढ पार्ने भन्दै सरकारले २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ। अर्काेतिर नेपाल आएका पर्यटकको सुरक्षामा उदासीन छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने