Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पालिका भित्रका मौलिक संस्कृती पहिचान गर्न सम्मेलन

२०७५, १८ मंसिर मंगलवार ०६:४९

शंकर के सी | मङ्सिर १८, सल्यान । आफ्नो गाउँपालिकाभित्र के कस्ता कला संस्कृती छन् भनेर पहिचान गर्नका लागी सल्यानको त्रिवेणि गाउँपालिकाले ‘लोक कला संस्कृती सम्मेलन २०७५’ आयोजना गर्ने भएको छ । गाउँवस्तीका मौलिक संस्कृती लोप हुन पुगेको भन्दै चिन्ता व्यक्त भइरहेको बेला गाउँपालिकाले यस प्रकारको सम्मेलन आयोजना गरेको हो । गाउँपालिकाभित्रका सबै वडामा कस्ता कस्ता संस्कृती रहेछन् भनेर सम्मेलनमा पहिचान गरिने गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले बताए । यहि आउँदो शनिबार २२ गते लुहाम स्थीत त्रिवेणि तिर्थशाला धाममा लोक कला संस्कृती सम्मेलन आयोजना गरिने उनले बताए ।


सल्यानको त्रिवेणि स्थीत पिमखोला सोरठी, टप्पा र पैसरु नृत्यका लागी प्रख्यात मानिन्छ । यद्यपि पछिल्ला पुस्ताहरु मौलिकतालाइ भुल्दै आधुनिकतातीर बढि आकर्षित भइरहेको र भएका संस्कृतीलाइ निरन्तरता दिनतर्फ कसैको पहल नभएको पाइन्छ ।

युवाहरुलाइ पनि सल्यानको पहिचानका रुपमा रहेका संस्कृती संरक्षणमा अग्रसर गराउन र समाजमा लुकेर रहेका लोक संस्कृतीलाइ पहिचान, प्रोत्साहन गर्न सम्मेलनको आयोजना गरिएको गाउँपालिकाका सूचना अधिकारि गोपाल केसीले जानकारि दिएका छन् ।

शनिबार हुने सम्मेलनमा गाउँपालिकाका ६ वटै वडाबाट १३ वटा भन्दा बढि समूहहरुले पुराना लोक संस्कृती प्रदर्शन गर्ने केसीले बताए । उनका अनुसार प्रत्येक समूहलाइ गाउँपालिकाको तर्फबाट प्रोत्साहन स्वरुप केहि नगद र सम्मानपत्र प्रदान गरिने छ । उक्त कार्यक्रममा वरिष्ट बाध्यवाधक तथा मौलिक संकृतीका संरक्षणकर्ता खर्क बहादुर बुढाको पनि विशेष प्रस्तुती रहने र छिमेकी स्थानीय तहका प्रमुखहरुको पनि उपस्थीती रहने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो