६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार बढ्यो

१८ मंसिर २०७५, मंगलवार ११:१६

मङ्सिर १८, काठमाडौँ | धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव २७ विन्दुले बढेर एक हजार १४२ दशमलव शून्य एक बिन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६७ विन्दुले बढेर २४२ दशमलव ९३ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६१ कम्पनीको १२ लाख २२ हजार १४४ कित्ता शेयर रु ३८ करोड २६ लाख ५९ हजार ६७ मूल्यमा खरीद बिक्री भएको छ । विकास बैंक उपसमूहले नेतृत्व गरेपछि आज बजारमा सकारात्मक प्रभाव देखिएको हो । 

कारोवार भएका कूल दश उपसमूहमध्ये व्यापार र होटल उपसमूहको शेयर घटेको छ । व्यापार शून्य दशमलव ५१ र होटल तीन दशमलव ८१ विन्दुले घटेको छ । यस्तै बैंकिङ सात दशमलव २२, विकास बैंक ३२ दशमलव शून्य दुई, जलविद्युत् सात दशमलव ४४, वित्त दुई दशमलव ५२, निर्जीवन बीमा १५ दशमलव ११, अन्य १८ दशमलव ६९, माइक्रोफाइनान्स सात दशमलव ४५ र जीवन बीमा २० दशमलव शून्य एक विन्दुले बढेको छ । 

स्टकका अनुसार लक्ष्मी लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर कम्पनी, स्वदेशी लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, सनराइज बैंक लिमिटेडका शेयरधनीले कमाएका छन् । महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था र आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता