२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोस्रो बजारमा पाइन्छन् सस्तोमा वाणिज्य बैंकको शेयर

२०७५, २१ मंसिर शुक्रबार १०:२२

मङ्सिर २१, काठमाडौँ | शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । 

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको शेयर रु दुई समयभन्दा तल रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा सेञ्चुरी कर्मसियल बैंकको शेयर कमजोर देखिएको छ । सो बैंकको शेयर प्रतिकित्ता रु १७० मा कारोवार भएको थियो । सिभिल बैंकको शेयर प्रतिकित्ता रु १५८, जनता बैंकको रु १७४, एनसिसी बैंक रु १९९, नेपाल बङ्गलादेश बैंक रु १८९, मेघा बैंक रु १८६ मा कारोवार भएको छ । 

सिटिजन बैंकको रु २२२, कुमारी बैंक रु २४०, प्रभु बैंक रु २४०, सनराइज बैंकको प्रतिकित्ता रु २१६ मा कारोवार भएको छ । सिद्धार्थ बैंक रु ३०५, एनएमबी बैंंक रु ३५६, एनआइसी एशिया रु ३५७, नेपाल एसबिआइ बैंक रु ३९४, प्राइम कर्मसियल बैंक रु ३१५ मा खरीद बिक्री भएको छ । माछापुच्छ्र्रे« बैंक रु २०४, कुमारी बैंक रु २४० मा कारोवार भएको छ । 

कृषि विकास बैंक रु ३२७, बैंक अफ काठमाडौँ रु ३०५ मा कारोवार भएका छन् । ग्लोबल आइएमइ बैंक रु ३१४, हिमालयन बैंक रु ४४७, सिद्धार्थ बैंकको शेयर रु ३०५ मा कारोवार भएका छन् । यस्तै केही बैंकका शेयर मात्रै रु ५०० भन्दामाथि रहेका छन् । नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्र्डड चार्टड बैंक, एभरेष्ट बैंकको शेयर मात्रै उक्त बिन्दुभन्दा माथि रहेको छ । बिहीबार कारोवार भएका आधारमा नवील बैंक रु ८५०, नेपाल इन्भेस्टमेन्ट बैंक रु ६१९, एभरेष्ट बैंक रु ५२४, स्ट्याण्र्डड चार्टड बैंकको शेयर रु ५६५ मा खरीद बिक्री भएका छन् । 

विगत डेढ वर्षदेखि निरन्तर बजार ओरालो लाग्दा त्यसको प्रभाव लगानीकर्तामासमेत परेको छ । सरकारले बिहीबार मात्रै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजत्वमा वित्तीय क्षेत्र र पूँजी बजारमा देखिएका समस्या समाधानका लागि सुझाव दिन एक कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स सङ्घ, लगानीकर्ताका प्रतिनिधि सम्मिलित छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ