२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान त्रिवेणीमा ‘गर्भवतीलाइ नुन’ कार्यक्रम प्रभावकारी

२२ मंसिर २०७५, शनिबार ०३:५३

मङ्सिर २२, सल्यान । सल्यानमा गर्भ जाँच गराउँदा एक किलो नुन वितरण कार्यक्रम प्रभावकारी देखिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकाले गत वर्षदेखि शुरु गरेको यो कार्यक्रमको नतीजा उपलव्धीपूर्ण देखिएको हो ।

प्रत्येक पटकको भर्ग जाँचमा एक किलो आयोडिन नुन गाउँपालिकाले स्वास्थ्य संस्थामार्फत प्रदान गर्न थालेपछि हिजोआज चार पटक गर्भ जाँच गर्ने महिलाको संख्यामा उल्लेख्य बृद्धि भएको स्वास्थ्य शाखा लुहामले जनाएको छ । स्वास्थ्य शाखाका इन्चार्ज प्रभात कुमार श्रेष्ठले बढिमा ४३ प्रतिशत गर्भवती महिलाले मात्रै स्वास्थ्य संस्थामा चार पटक जाँच गर्ने गरेकामा नुन वितरण गर्न थालेपछि यो दर बढेर ८२ प्रतिशत पुगेको बताए ।


‘गत आर्थीक वर्ष २ सय २० जना महिलाले स्वास्थ्य संस्थामै आएर चार पटक सम्म गर्भ जाँच गराएका छन् । उनीहरुलाइ त्रिवेणी गाउँपालिकाले एक हजार ४० किलो आयोडिन नुन वितरण गरेको छ,’ उनले भने । पहिलेका वर्षमा गर्भवती महिलाहरु स्वास्थ्य चौकीमा नआउने, आए पनि जानेबुझोका, केही शिक्षित परिवारमा महिलाहरु मात्र आउने गरेको श्रेष्ठको अनुभव छ ।

गर्भ जाँच गराउँदा एक किलो आयोडिन नुन निःशुल्क वितरण गर्ने कार्य निरन्तर अगाडी बढाइने जनाउँदै त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले यो कार्यक्रम लागू भएपछि आफ्नो गाउँपालिकामा नवजात शिशु तथा मातृ मृत्युदर शुन्यमा झरेको बताए । यसका लागी गाउापालिकाले सुत्केरि प्रोत्साहन स्वरुप ५ सय र न्यानो झोला वितरण कार्य पनि गरिरहेको उनले जनाए ।

पछिल्लो समय गाउँगाउँमा मानिसको चेतना स्तरमा क्रमिक बृद्धि हुँदै गएको र ढिका नुन प्रयोग गर्नेहरुले पनि आयोडिन नुन खानामा प्रयोग गर्न थालेको गाउँपालिका उपाध्यक्ष करुणा खड्काले बताइन् । उनले भनिन्, ‘हामीले गर्भवती महिलाको लागी ल्याएको कार्यक्रमले दिदि वहिनीहरु निकै खुसि हुनुहुन्छ । स्वास्थ्य संस्थामा गएर नियमित जाँच गराउने र प्रसुति गृहमा नै गएर सुत्केरी हुनेको संख्या बढेको देख्दा हामी निकै खुसि भएका छौँ ।’

गाउँपालिकाले कार्यक्रम शुरु गरेपछि अहिले आयोडिन नुनको महत्व बुझेको जनाउँदै त्रिवेणी गाउापालिका वडा नम्बर ६ की गिता केसीले कुनै पनि महिलाको ज्यान जोखिममा नपरोस् भनेर गाउँपालिकाले एम्बुलेन्स सेवा पनि सञ्चालन गर्नुपर्ने बताइन् । यता गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत रेमन्त बहादुर डाँगीले अवको एक महिना पछि एम्बुलेनस सेवा पनि शुरु हुने जानकारि गराए । 

विद्यार्थी स्कुल नआएमा अभिभावकलाइ फोन

यसैविच त्रिवेणी गाउँपालिकाले यो वर्षदेखि अर्काे महत्वपूर्ण र प्रभावकारि कार्यक्रम शुरु गरेको छ । खासगरि कक्षामा विद्यार्थीलाइ नियमित बनाउन कक्षा शिक्षकलाइ मोवायलमा रिचार्ज कार्डको व्यवस्था गाउँपालिकाले गरिदिन लागेको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारि दिएका छन् ।

अव त्रिवेणीका हरेक विद्यालयमा पहिलो घण्टीमा कक्षामा जाने शिक्षकले जुन विद्यार्थी विद्यालय आएको छैन उसको अभिभावकलाइ तुरुन्तै फोन गरेर नियमित विद्यालय पठाउन आग्रह गर्ने छन् । यसका लागी हरेक महिना कक्षा शिक्षकलाइ एक सय रुपैयाँ मोवायल ब्यालेन्स उपलब्ध गराइने शिक्षा शाखा प्रमुख दामोदर शर्माले जानकारि दिए । उनले भने, ‘अव विद्यार्थी स्कुल नआएमा वा आउन ढिला भएमा विद्यालयबाट अभिभावकलाइ फोन गइहाल्ने छ ।’

सामुदायिक विद्यालयको पठनपाठन भनेपछि नाक खुम्च्याइने आम परिवेशबीच त्रिवेणी गाउँपालिकाको यस प्रकरको व्यवस्थापनले शिक्षा क्षेत्रमा केहि सुधार हुने अपेक्षा गाउँपालिका अध्यक्ष डाँगीले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन