2026-09-08 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान त्रिवेणीमा ‘गर्भवतीलाइ नुन’ कार्यक्रम प्रभावकारी

मङ्सिर २२, सल्यान । सल्यानमा गर्भ जाँच गराउँदा एक किलो नुन वितरण कार्यक्रम प्रभावकारी देखिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकाले गत वर्षदेखि शुरु गरेको यो कार्यक्रमको नतीजा उपलव्धीपूर्ण देखिएको हो ।

प्रत्येक पटकको भर्ग जाँचमा एक किलो आयोडिन नुन गाउँपालिकाले स्वास्थ्य संस्थामार्फत प्रदान गर्न थालेपछि हिजोआज चार पटक गर्भ जाँच गर्ने महिलाको संख्यामा उल्लेख्य बृद्धि भएको स्वास्थ्य शाखा लुहामले जनाएको छ । स्वास्थ्य शाखाका इन्चार्ज प्रभात कुमार श्रेष्ठले बढिमा ४३ प्रतिशत गर्भवती महिलाले मात्रै स्वास्थ्य संस्थामा चार पटक जाँच गर्ने गरेकामा नुन वितरण गर्न थालेपछि यो दर बढेर ८२ प्रतिशत पुगेको बताए ।

‘गत आर्थीक वर्ष २ सय २० जना महिलाले स्वास्थ्य संस्थामै आएर चार पटक सम्म गर्भ जाँच गराएका छन् । उनीहरुलाइ त्रिवेणी गाउँपालिकाले एक हजार ४० किलो आयोडिन नुन वितरण गरेको छ,’ उनले भने । पहिलेका वर्षमा गर्भवती महिलाहरु स्वास्थ्य चौकीमा नआउने, आए पनि जानेबुझोका, केही शिक्षित परिवारमा महिलाहरु मात्र आउने गरेको श्रेष्ठको अनुभव छ ।

गर्भ जाँच गराउँदा एक किलो आयोडिन नुन निःशुल्क वितरण गर्ने कार्य निरन्तर अगाडी बढाइने जनाउँदै त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले यो कार्यक्रम लागू भएपछि आफ्नो गाउँपालिकामा नवजात शिशु तथा मातृ मृत्युदर शुन्यमा झरेको बताए । यसका लागी गाउापालिकाले सुत्केरि प्रोत्साहन स्वरुप ५ सय र न्यानो झोला वितरण कार्य पनि गरिरहेको उनले जनाए ।

पछिल्लो समय गाउँगाउँमा मानिसको चेतना स्तरमा क्रमिक बृद्धि हुँदै गएको र ढिका नुन प्रयोग गर्नेहरुले पनि आयोडिन नुन खानामा प्रयोग गर्न थालेको गाउँपालिका उपाध्यक्ष करुणा खड्काले बताइन् । उनले भनिन्, ‘हामीले गर्भवती महिलाको लागी ल्याएको कार्यक्रमले दिदि वहिनीहरु निकै खुसि हुनुहुन्छ । स्वास्थ्य संस्थामा गएर नियमित जाँच गराउने र प्रसुति गृहमा नै गएर सुत्केरी हुनेको संख्या बढेको देख्दा हामी निकै खुसि भएका छौँ ।’

गाउँपालिकाले कार्यक्रम शुरु गरेपछि अहिले आयोडिन नुनको महत्व बुझेको जनाउँदै त्रिवेणी गाउापालिका वडा नम्बर ६ की गिता केसीले कुनै पनि महिलाको ज्यान जोखिममा नपरोस् भनेर गाउँपालिकाले एम्बुलेन्स सेवा पनि सञ्चालन गर्नुपर्ने बताइन् । यता गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत रेमन्त बहादुर डाँगीले अवको एक महिना पछि एम्बुलेनस सेवा पनि शुरु हुने जानकारि गराए । 

विद्यार्थी स्कुल नआएमा अभिभावकलाइ फोन

यसैविच त्रिवेणी गाउँपालिकाले यो वर्षदेखि अर्काे महत्वपूर्ण र प्रभावकारि कार्यक्रम शुरु गरेको छ । खासगरि कक्षामा विद्यार्थीलाइ नियमित बनाउन कक्षा शिक्षकलाइ मोवायलमा रिचार्ज कार्डको व्यवस्था गाउँपालिकाले गरिदिन लागेको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारि दिएका छन् ।

अव त्रिवेणीका हरेक विद्यालयमा पहिलो घण्टीमा कक्षामा जाने शिक्षकले जुन विद्यार्थी विद्यालय आएको छैन उसको अभिभावकलाइ तुरुन्तै फोन गरेर नियमित विद्यालय पठाउन आग्रह गर्ने छन् । यसका लागी हरेक महिना कक्षा शिक्षकलाइ एक सय रुपैयाँ मोवायल ब्यालेन्स उपलब्ध गराइने शिक्षा शाखा प्रमुख दामोदर शर्माले जानकारि दिए । उनले भने, ‘अव विद्यार्थी स्कुल नआएमा वा आउन ढिला भएमा विद्यालयबाट अभिभावकलाइ फोन गइहाल्ने छ ।’

सामुदायिक विद्यालयको पठनपाठन भनेपछि नाक खुम्च्याइने आम परिवेशबीच त्रिवेणी गाउँपालिकाको यस प्रकरको व्यवस्थापनले शिक्षा क्षेत्रमा केहि सुधार हुने अपेक्षा गाउँपालिका अध्यक्ष डाँगीले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल