Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सल्यानमा स्यालको आक्रमणबाट ६ जना घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर २२, सल्यान | वनगाड कुपिण्डे नगरपालिका–५ काफलेनीमा शुक्रबार राति स्यालको टोकाइबाट छ जना घाइते भएका हुन् ।&nbsp;<br></p><p>स्यालको टोकाइबाट काफलेनीका चार वर्षीय बालक लक्ष्मण राना, २४ वर्षीय शेरबहादुर पुन, ३० वर्षीया पुष्पा राना र १६ वर्षीय मानबहादुर पुन घाइते भएका हुन् । यस्तै कुमाख गाउँपालिका–२ तिमिलेमा पनि स्यालको टोकाइबाट दुई जना घाइते भएका छन् ।&nbsp;</p><p>बेलुका घर बाहिर निस्केका बेला एक्कासि बारीबाट स्याल आएर आफूलाई आक्रमण गरी घाइते बनाएको पीडित शेरबहादुर पुनले बताउनुभयो । यसअघि नजिकैको जङ्गलबाट गाउँमा बहुलाएको स्याल पसेर दर्जन बढी चौपायालाई समेत टोकेको स्थानीय दुर्गा विसीले जानकारी दिनुभयो । स्यालको टोकाइबाट घाइते भएकाको सल्लीबजारस्थित जनवन्धु पोलिक्लिनिकमा उपचार भइरहेको छ । उक्त स्यालको खोजी भइरहेको सल्लीबजार इलाका प्रहरी कार्यालयले जनाएको छ ।&nbsp;</p>