Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

तीन जोडीको बालविवाह रोकियो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर २७, सोलुखुम्बु । यहाँको माहाकुलुङ गाउँपालिकामा हुन लागेको तीन जोडीको विवाह प्रहरीले रोकेको छ । गाउँपालिका–५ गुदेलमा बालविवाह हुन गइरहेको सूचना पाएपछि प्रहरी चौकी छेस्कामबाट गएको प्रहरी टोलीले उक्त विवाह रोकेको हो ।&nbsp;<br></p><p>अठार वर्षभन्दा कम उमेरका बालिकाको विवाह भइरहेको गोप्य सूचनाका आधारमा बुधबार प्रहरीले उक्त बालविवाह रोकेको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । विवाह हुनबाट रोकिएका तीनै जना बालिकालाई स्थानीय जनप्रतिनिधिको रोहवरमा अभिभावकको जिम्मा लगाइएको प्रमुख शर्माले बताउनुभयो ।&nbsp;</p><p>बीस वर्षभन्दा कम उमेरमा गरिने जस्तोसुकै विवाहलाई कानूनले अवैधानिक मानेको छ । नेपालको संविधानमा केटा वा केटी २० वर्ष उमेर नपुगी विवाह गर्ने÷गराउने सबै पक्षलाई रु ३० हजारसम्म जरिवाना र तीन वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ । जिल्लाको अधिकांश क्षेत्रमा अझै पनि बालविवाह अत्यधिक हुने भएकाले यसको रोकथामका लागि स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला पक्षले जोड दिएका छन् ।रासस</p>