Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दुई सातादेखि भोजपुर–विराटनगर उडान अवरुद्ध

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस&nbsp; ६, भोजपुर | तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ ।&nbsp;<br></p><p>मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर शाखले जनाएको हो । अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेशन प्रमुख राजु मिजारले जानकारी दिनुभयो । निगमको जहाजले मङ्गलबार, बिहीबार, शनिबार गरी हप्तामा तीन दिन विराटनगर उडान भर्दै आएको थियो ।&nbsp;</p><p>निगमले अपाङ्गता भएका व्यक्तिलाई भाडा ५० प्रतिशत, विद्यार्थीलाई २५ प्रतिशत छुट दिँदै आएकामा ज्येष्ठ नागरिकलाई पनि १५ प्रतिशत छुटको व्यावस्था गरेको छ । भोजपुर–विराटनगर उडान अवरुद्ध भए पनि भोजपुर–काठमाडाँै भने आइतबारबाहेक हप्तामा छ दिन उडान भइरहेको निगमले जनाएको छ ।&nbsp;</p>