२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम

२०७५, ६ पुष शुक्रबार ०७:४५

 पुस ६, काठमान्डौ  (रासस) |  नेपाल प्रहरीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत देशभर पाँच हजार ३९७ समिति गठन गरेको छ । प्रहरीले शान्ति र स्थायित्वका लागि ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ शुरु गरेको अभियानलाई कार्यान्वयन गर्न उक्त समिति गठन गरेको हो । 

गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मासाथ गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सक्रियतामा कात्तिक ११ देखि शुरु भएको अभियानको कार्यान्वयनका लागि जिल्ला, पालिका, वडा, टोल र विद्यालय समिति गठन गरेको हो । 

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म ६८ जिल्ला समिति, ६३६ पालिका समिति, दुई हजार १३२ वडा समिति, ७०५ टोल समिति र एक हजार ८५६ विद्यालय समिति गठन भइसकेका छन् । 

प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी समिति गठनको कार्यले तीव्रता पाएको बताउनुहुन्छ । “अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्न उक्त समितिले महत्वपूर्ण भूमिका खेल्नेछ,”उहाँ भन्नुहुन्छ । 

विकास र सुरक्षाको अन्तनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचयनका लागि ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम फल

सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न समेत यो अभियानले सहयोग पुग्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले अभियानलाई तीव्रताका लागि सञ्चालन गर्न विभिन्न चरणमा १० हजार ५६ जना प्रहरी कर्मचारीलाई प्रशिक्षक, प्रशिक्षण, अभिमुखीकरण तालीम प्रदान गरिसकेको छ । 

देशभरका ७५३ वटै स्थानीय तहमा कार्यक्रम लैजाने लक्ष्यका साथ अगाडि सारिएको अभियानमा हालसम्म ७४५ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको प्रवक्ता सुवेदीले बताउनुभयो । 

अभियान सञ्चालन गरेसँगै प्रहरीले फरार अभियुक्तको खोजी गर्नसमेत सहज भएको छ । तीन हजार ५७ जना फरार अभियुक्तमध्ये अभियानसँगै ७३२ फरार अभियुक्तलाई पक्राउ गरिसकेको छ । २० नाल हातहतियार, १५ राउण्ड गोली, २२५ किलो गाँजा, ५८ किलो चरेश, एक किलो हिरोइनसमेत बरामद गरेको छ । 

यसैगरी, १९ बिगाहामा गरिएको गाँजाखेती नष्ट, ७९ हजार ५४ लिटर घरेलु मदिरा नष्ट समेत गरेको छ । प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत सामुदायिक सुरक्षा पाठ्यक्रम विकास, जनचेतनामूलक सामग्रीको विकास र ‘डिजिटल रिसोर्स सेन्टर’को स्थापना समेत गरिसकेको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री उपत्यकाको सबै स्थानीय तहसँग प्रहरीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रममा हस्ताक्षर गरेर काम गरिरहेको बताउनुहुन्छ । 

“काठमाडौँ, भक्तपुर र ललितपुरका २१ स्थानीय तहसँग साझेदारी गरेर काम अगाडि बढाइसकेका छौँ,उहाँ भन्नुहुन्छ, “प्रहरीले ल्याएको ‘समुदाय प्रहरी साझेदारी’ अभियान कार्यान्वयन भएमा समाजमा हुने अधिकाशं अपराधका घटनामा कमी आउने विश्वास नेपाल प्रहरीले लिएको छ । ”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट