२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बीस वर्षमा २१ प्रतिशतले पुड्कोपन घट्यो

२०७५, ८ पुष आईतवार ०७:४०

 पुस ८, काठमान्डौ (रासस) |  बीस वर्षमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको सङ्ख्या २१ प्रतिशतले घटेको छ । 

सन् १९९६ मा ५७ प्रतिशत बालबालिकामा रहेको पुड्कोपन हाल ३६ प्रतिशतमा झरेको नेपाल जनस्वास्थ्य प्रतिष्ठानले शनिबार सार्वजनिक गरेको ‘नेपालमा पुड्कोपना न्यूनीकरण अध्ययन’ प्रतिवेदनमा तथ्याङ्क उल्लेख छ । 

पछिल्लो समय बालबालिकाको पोषण, मातृशिशु स्वास्थ्य, आमाको खानपान, खानेपानी तथा सरसफाइमा सुधार, आमा सुरक्षा कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविकाको उदाहरणीय भूमिकाले नेपालले पुड्कोपना न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताइएको छ । प्रतिष्ठानका अध्यक्ष डा महेश मास्केले विशेषगरी बालबालिकाको पोषण तथा बालस्वास्थ्यका क्षेत्रमा नेपाललले उल्लेखनीय सुधार गरेकाले पुड्कोपन घटेको बताउनुभयो । 

बालरोग विशेषज्ञ प्रा डा रमेशकान्त अधिकारीका अनुसार सन् १९७५ मा पाँच वर्षमुनिका ७० प्रतिशत बालबालिका पुड्का थिए । उहाँले भन्नुभयो, “कुपोषण नै पुड्कोपनको प्रमुख कारकत्व हो, पोषणका क्षेत्रमा पछिल्लो समय सुधार आएको छ, तर ग्रामीण क्षेत्रका बालबालिका पुड्कोपन तुलनात्मकरुपमा घट्न सकेको छैन ।” 

चिकित्सकका अनुसार गर्भधारणदेखि दुई वर्षमुनिका बालबालिकामा पुड्कोपन शुरुआत हुन्छ । राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले कुपोषण अन्त्यका लागि बहुक्षेत्रीय पोषण योजनालाई विभिन्न मन्त्रालयमार्फत कार्यान्वयन भइराखेको जानकारी दिनुभयो । 

जनस्वास्थ्यविज्ञ डा बद्रीराज पाण्डेले ग्रामीण क्षेत्रका बालबालिकामा पुड्कोपन नियन्त्रण अझै चुनौती रहेको बताउनुभयो । अध्ययनमा सहभागी राजकुमार सुवेदीले सबै प्रदेशका बालबालिकामा पुड्कोपनसम्बन्धी अध्ययन गरी प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी