2026-09-19 07:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बोट सुक्ने समस्याले सुन्तला मासियो

चिसाङ शेर्पा | पुस १२, खोटाङ | बोट सुक्ने समस्याका कारण सुन्तला खेती हराउदै गएको छ । पतझड वर्गको वनस्पति सुन्तलामा वर्षेनी बोट सुक्ने समस्या नै समस्या आउने थालेपछि सुन्तला खेती मासिदै गएको छ । जिल्लाको हकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने क्षेत्र लामिडाँडा, खार्पा, कुभिण्डेमा सुन्तला खेती लोप भगएको हो ।

रावाबेंशी गाउँपालिका–३ लामिडाँडाका सुन्तला खेती गर्दै आएका डम्बर बहादुर श्रेष्ठको सुन्तला खेती गर्ने जोशजाँगर हराएको छ । पुर्व शिक्षक समेत रहेका उनले २०५२ सालमा नमूना बगैचा निर्माण गरी डेढ सय बोट रोपेको सुन्तला अहिले लभगभ बगैचा नै खाली छ । सुन्तलाको जरा कुहिने, हाँगा सुक्दै जाने, पात पहेँलो हुने र अन्ततः बोट नै सुक्ने समस्याले सुन्तलाको बगैचा रित्तिएको उहाँको भनाई छ । सुन्तला खेतीले प्रख्यात लामिडाँडा अहिले सुन्तला विहिन बनिरहेको छ । 

लामिडाँडाको सुन्तलामा आएको समस्या तीन वर्ष भयो । फल लाग्ने सुन्तलाका बोटहरु धमाधम सुक्न थालेपछि स्थानीयले सुन्तलाको बोटलाई ढालेर दाउराका लागि प्रयोग गर्दै आएको छ ।  मंसिरको अन्तिम सातादेखी पहँेलैगरी सुन्तला पाउने लामिडाँडामा सिजनमा समेत सुन्तला नै पाउन छोडेको छ । अलिअलि फलेको पनि काम नदिने खालको छ । वर्षेनी सुन्तलाको बोट मर्दै गएकाले सालैपिच्छे नयाँ बोट लगाउँदा १÷२ साल फल दिने र त्यसपछि बोटै सुकेर जाने गरेको स्थानीय खिलाराज श्रेष्ठले बताए । उनका अनुसार अहिले लामिडाँडाकाले बाहिरको सुन्तला किनेर खानुपर्ने बाध्यता छ । आँप र जुनारमा किरा लाग्ने समस्या त थियो नै अब सुन्तलामा पनि बोट सुक्ने समस्या आयो । उनले भने, ‘हामीले सम्बन्धित स्थानमा र कृषिका जेटिएलाई कती भन्यौ तर । उनीहरु वास्तै गर्दैनन् ।’

लामिडाँडामा मात्रै हैन त्यही समस्या खार्पा र कुभिण्डेमा पनि यथावत छ । सुरुमा हाँगा सुक्ने, बोटै मर्ने, साना विरुवा सुक्ने, फलमा किरा पर्ने समस्या देखिएको रावाबेंशी गाउँपालिका–१ कुभिण्डेका इन्द्र बहादुर पौडेलले बताए । खार्पा र कुभिण्डेमा गत सालबाट सुन्तलामा यस्तो समस्या आएको उनको भनाई छ । त्यहाँ पनि सुन्तला चाख्न समेत मुस्किल छ । जलवायु परिवर्तनका कारण बोट मरेको लामिडाँडाका जेटिए द्रोण रेग्मीले बताए । त्यहाँ पानीको पनि समस्या छ । पूराना बुढा बोट फालेर नयाँ लगाउने गरेमा सुन्तलाको समस्या हल भएर जाने उनको भनाई छ । त्यसका लागि गाउँपालिकाले ‘सुन्तला सिंचाई तथा सुदृढिकरण’ कार्यक्रम ल्याई पाँच लाख बजेट छुट्याइएको उनले बताए । उक्त बजेटले पूराना बोटलाई निकालेर नयाँ बोट खरिद गरिनुपर्ने कृषकहरुको माग रहेकाले अहिले छलफलकै क्रम चलिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई