२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बोट सुक्ने समस्याले सुन्तला मासियो

१२ पुष २०७५, बिहीबार ०७:४३

चिसाङ शेर्पा | पुस १२, खोटाङ | बोट सुक्ने समस्याका कारण सुन्तला खेती हराउदै गएको छ । पतझड वर्गको वनस्पति सुन्तलामा वर्षेनी बोट सुक्ने समस्या नै समस्या आउने थालेपछि सुन्तला खेती मासिदै गएको छ । जिल्लाको हकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने क्षेत्र लामिडाँडा, खार्पा, कुभिण्डेमा सुन्तला खेती लोप भगएको हो ।


रावाबेंशी गाउँपालिका–३ लामिडाँडाका सुन्तला खेती गर्दै आएका डम्बर बहादुर श्रेष्ठको सुन्तला खेती गर्ने जोशजाँगर हराएको छ । पुर्व शिक्षक समेत रहेका उनले २०५२ सालमा नमूना बगैचा निर्माण गरी डेढ सय बोट रोपेको सुन्तला अहिले लभगभ बगैचा नै खाली छ । सुन्तलाको जरा कुहिने, हाँगा सुक्दै जाने, पात पहेँलो हुने र अन्ततः बोट नै सुक्ने समस्याले सुन्तलाको बगैचा रित्तिएको उहाँको भनाई छ । सुन्तला खेतीले प्रख्यात लामिडाँडा अहिले सुन्तला विहिन बनिरहेको छ । 

लामिडाँडाको सुन्तलामा आएको समस्या तीन वर्ष भयो । फल लाग्ने सुन्तलाका बोटहरु धमाधम सुक्न थालेपछि स्थानीयले सुन्तलाको बोटलाई ढालेर दाउराका लागि प्रयोग गर्दै आएको छ ।  मंसिरको अन्तिम सातादेखी पहँेलैगरी सुन्तला पाउने लामिडाँडामा सिजनमा समेत सुन्तला नै पाउन छोडेको छ । अलिअलि फलेको पनि काम नदिने खालको छ । वर्षेनी सुन्तलाको बोट मर्दै गएकाले सालैपिच्छे नयाँ बोट लगाउँदा १÷२ साल फल दिने र त्यसपछि बोटै सुकेर जाने गरेको स्थानीय खिलाराज श्रेष्ठले बताए । उनका अनुसार अहिले लामिडाँडाकाले बाहिरको सुन्तला किनेर खानुपर्ने बाध्यता छ । आँप र जुनारमा किरा लाग्ने समस्या त थियो नै अब सुन्तलामा पनि बोट सुक्ने समस्या आयो । उनले भने, ‘हामीले सम्बन्धित स्थानमा र कृषिका जेटिएलाई कती भन्यौ तर । उनीहरु वास्तै गर्दैनन् ।’

लामिडाँडामा मात्रै हैन त्यही समस्या खार्पा र कुभिण्डेमा पनि यथावत छ । सुरुमा हाँगा सुक्ने, बोटै मर्ने, साना विरुवा सुक्ने, फलमा किरा पर्ने समस्या देखिएको रावाबेंशी गाउँपालिका–१ कुभिण्डेका इन्द्र बहादुर पौडेलले बताए । खार्पा र कुभिण्डेमा गत सालबाट सुन्तलामा यस्तो समस्या आएको उनको भनाई छ । त्यहाँ पनि सुन्तला चाख्न समेत मुस्किल छ । जलवायु परिवर्तनका कारण बोट मरेको लामिडाँडाका जेटिए द्रोण रेग्मीले बताए । त्यहाँ पानीको पनि समस्या छ । पूराना बुढा बोट फालेर नयाँ लगाउने गरेमा सुन्तलाको समस्या हल भएर जाने उनको भनाई छ । त्यसका लागि गाउँपालिकाले ‘सुन्तला सिंचाई तथा सुदृढिकरण’ कार्यक्रम ल्याई पाँच लाख बजेट छुट्याइएको उनले बताए । उक्त बजेटले पूराना बोटलाई निकालेर नयाँ बोट खरिद गरिनुपर्ने कृषकहरुको माग रहेकाले अहिले छलफलकै क्रम चलिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने