६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार: नेप्से घट्यो, कारोवार बढ्यो

१२ पुष २०७५, बिहीबार १०:२५

पुस १२, काठमाडौँ | बुधबार उच्च अङ्कले वृद्धि भएको शेयर बजार आज भने पुनः घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव शून्य आठ विन्दुले घटेर एक हजार २१५ दशमलव १६ विन्दुमा पुगेको छ । 

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १५ विन्दुले घटेर २५८ दशमलव ६६ विन्दुमा झरेको छ । बजार घटे पनि कारोवार रकममा भने आज सुधार आएको छ । धेरै पछि कारोवार रकम अर्बमाथि पुगेको छ । कूल १७४ कम्पनीको २८ लाख ७२ हजार ५५१ कित्ता शेयर रु एक अर्ब १२ करोड २९ लाख ६९ हजार २०९ मूल्यमा खरीद–बिक्री भएका छन् । 

आज कारोवार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने घटेका छन् । उत्पादन १९ दशमलव १८, अन्य ११ दशमलव ४६ र जीवन बीमा १७० दशमलव ४२ विन्दुले बढेका छन् । 

यस्तै बंैकिङ ६ दशमलव ६६, व्यापार दुई दशमलव ९६, होटल ६३ दशमलव ६३, विकास बैंक पाँच दशमलव २९, जलविद्युत् चार दशमलव २९, वित्त दुई दशमलव २१, जीवन बीमा ४८ दशमलव ६७ र माइक्रोफाइनान्स दुई दशमलव ६५ विन्दुले घटेका छन् । 

घटेको बजारमा सिटिजन इन्भेस्टमेन्ट ट्रष्ट, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, हिमालयन डिस्टिलरी लिमिटेड, समता माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल लाइफ इन्सुरेन्स, वरुण हाइड्रोपावर कम्पनीका शेयरधनीले कमाएका छन् । 

यस्तै सिद्धार्थ इक्विटी ओरेण्टेड स्किम, सनराइज बैंक लिमिटेड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, गरिमा विकास लघुवित्त वित्तीय संस्था सोल्टी होटल लिमिटेडका शेयरधनीले गुमाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का