२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बारीमै उखुबाट सख्खर बनाउँदै कृषक

१३ पुष २०७५, शुक्रबार ०७:४२

पुस १३, बनियानी | झापा अर्जुनधारा नगरपालिका–५ का कृषक सुवास राजवंशीले उखु बारीमै सख्खर उत्पादन शुरु गर्नुभएको छ । 

जग्गा भाडामा लिएर उखु खेती शुरु गर्नुभएका राजवंशीले उखु बिक्री हुन छाडेपछि उखुबाट सख्खर उत्पादन शुरु गर्नुभएको हो । “एक त उचित मूल्य पाइँदैन, त्यसमाथि भनेको बेला बिक्दैन,” कृषक राजवंशीले भन्नुभयो, “ऋण गरेरै भए पनि मेशिन किनेर उखुबाट सख्खर बनाउन थालेको हुँ ।” भारतबाट कालीगढ ल्याएर सख्खर बनाउने उद्योग स्थापना गरेको उहाँले बताउनुभयो । अर्काको मेशिन प्रयोग गरेर सख्खर उत्पादन शुरु गर्नुभएका राजवंशीले अहिले आफैले खरीद गर्नुभएको छ । “अर्काको भाडामा लिएँ, खर्चले धान्न नसकेपछि ऋण गरेरै भए पनि आफैँ मेशिन खरीद गरेर उद्योग चलाउँदै छु”, उहाँले भन्नुभयो, “उखु पेल्ने मेशिनबाट दैनिक २६५ लिटर उखुको रस निकाल्न सकिन्छ ।” 

हाल उहाँले दैनिक सय केजी सख्खर उत्पादन गर्दै आउनुभएको छ । कृषकसँगै उद्यमी बन्दै गर्नुभएका राजवंशीले दैनिक ज्यालादारीमा पाँच जनालाई रोजगारीसमेत दिनुभएको छ । उहाँ भन्नुहुन्छ, “उद्योगलाई राम्रोसँग चलाउन सके झापामा उखु बिक्री नहुने समस्या आउन दिन्नँ ।” प्रतिकेजी रु एक सयमा सख्खर बिक्री गर्दै आएको बताउँदै उहाँले भन्नुभयो, “भारतबाट आयात हुने सख्खरका कारण हामी मारमा परेका छौँ ।” 

राजवंशीलाई सहयोग गर्दै आउनुभएकी उहाँकी श्रीमती उर्मिला राजवंशीले उखुबाट सख्खर बनाउन थालेसँगै केही आशा पलाएको बताउनुभयो । “जग्गा भाडामा लिएर खेती शुरु ग¥यौँ”, उहाँले भन्नुभयो, “उखु बारीमै सुकेर गयो, १० लाख ऋणमा प¥यौँ ।” तर आफूहरुले हिम्मत नहारेको बताउँदै उहाँले थप ऋण गरेर खेतीसँगै सख्खर बनाउन थालेको बताउनुभयो । 

अर्जुनधारा नगरपालिकाका कृषि शाखा अधिकृत शालीकराम भट्टराईले अर्जुनधारा–५ व्यावसायिक उखु उत्पादन हुने पूर्वाञ्चलमै पहिलो र राम्रो ठाउँ भएको बताउनुभयो । उहाँले यहाँका करीब १३५ कृषकले ७२ हेक्टरमा उखु खेती गरिरहेको बताउनुभयो । अर्जुनधारामा दुई कट्ठादेखि पाँच बिघा क्षेत्रफलमा उखु खेती गरिरहेका छन् । 

“अर्जुनधाराको ५ नं वडासँगै ६, ८ र ९ वडामा पनि कृषकले आंशिक रुपमा उखु खेती गरिरहनुभएको छ”, उहाँले भन्नभुयो, “गत वर्ष धान दिवसका अवसरमा एक कृषकलाई रु पाँच हजारसहित पुरस्कृत पनि गरेका थियौँ ।” अर्जुनधारासँगै झापाको दमक, मेचीनगर, कमल गाउँपालिकामासमेत उखु खेती हुँदै आएको छ । जिल्लाभर ११५ हेक्टरमा उखु खेती गरिँदै आएको अधिकृत भट्टराईले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो