२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

शक्तिखोर औद्योगिक क्षेत्र हरियाली बनाइने

२०७५, १६ पुष सोमबार ०७:२५

 पुस १६, चितवन  (रासस) |  जिल्लाको शक्तिखोरमा निर्माणको चरणमा रहेको औद्योगिक क्षेत्रमा वृक्षरोपण गरी हरियाली बनाइने भएको छ । राष्ट्रिय वनको जमीन भएर पनि रुख बिरुवा कम भएको उक्त ठाउँमा औँद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । 

शान्ति सम्झौतापछि माओवादी लडाकू राखिएको सो क्षेत्रमा वृक्षरोपण गरिने छ । सो क्षेत्रमा केही साल सहित कूकाठ र झाडी रहेको छ । उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडीले नेपालकै नमूना औद्योगिक क्षेत्र बन्ने बताउनुभयो । सो क्षेत्र हरियाली औद्योगिक क्षेत्र हुने उहाँको भनाइ थियो । उद्योगले लिने जमीनमध्ये २५ प्रतिशत क्षेत्र हरियाली हुनुपर्ने अनिवार्य गरिँदै छ । सो क्षेत्रमा रहेका कतिपय रुख रहनेछन् भने उद्योगको बीचबीचमा धेरै रुख रहेका ठाउँलाई सुरक्षित गरिँदै छ । बाटोको दुबैतर्फ वृक्षरोपण गरिने छ । दुवाडीले भन्नुभयो, “अहिले जति रुख छन् औद्योगिक क्षेत्र बनेपछि त्यो भन्दा धेरै रुख हुनेछन् ।” 

बाहिरबाट मानिसले आएर हेर्न योग्य हुनेगरी हरियाली औद्योगिक क्षेत्र बनाउन सरकारी र निजी क्षेत्र तयार रहेको उहाँले बताउनुभयो । देशकै ठूलो औद्योगिक क्षेत्र बनाउन लागिएको उक्त ठाउँको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) को काम सकिएर अहिले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम चलिरहेको छ । ईआइएको काम सकिएर औद्योगिक क्षेत्रको निर्माणको काम शुरु हुन अझै छ महीना लाग्ने दुवाडीले बताउनुभयो ।

औद्योगिक क्षेत्रमा बिजुली, पानी, सडक, ढलसँगै आवास, डिपार्टमेन्टल स्टोर, बैंक, होटल लगायतका सुविधासमेत हुनेछन् । शक्तिखोर औद्योगिक क्षेत्र कालिका नगरपालिका–३, ७ र ८ मा पर्दछ । यहाँको एक हजार ७४१ बिगाहा क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । सरकारले एक प्रदेश, एक औद्योगिक क्षेत्र निर्माण गर्ने अवधारणाअनुरुप प्रदेश नं ३ का लागि चितवनमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । 

औद्योगिक क्षेत्र निर्माणको सबै काम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरिरहेको छ भने चितवन उद्योग सङ्घले निर्माणको अगुवाइ गरिरहेको छ । शक्तिखोर औद्योगिक क्षेत्र पूर्व–पश्चिम राजमार्गको रत्ननगरबाट १० किलोमिटर उत्तरमा पर्दछ । 

जिल्लामा छरिएर उद्योग रहे पनि व्यवस्थित औद्योगिक क्षेत्र नहुँदा समस्या हुँदै आएको छ । नयाँ उद्योग सञ्चालन गर्न चाहनेलाई पनि ठाउँको अभाव छ । पछिल्ला वर्षमा जग्गाको मूल्य आकासिएपछि उद्योग सञ्चालन गर्न चाहेकाले औद्योगिक क्षेत्रको पर्खाइमा रहेका छन् । सो क्षेत्रमा उद्योग सञ्चालन गर्न चाहनेले फाराम भरेर उद्योग सङ्घमा बुझाइसकेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा