२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीमा शव बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

२०७५, १६ पुष सोमबार १०:२१

पुस १६, सिन्धुली | पोष्टमार्टम गरी घरतर्फ शव बोकेर जाँदै गरेको ट्याक्टर सिन्धुलीमा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । भीरबाट लडेर मृत्यु भएका सुनकोसी गाउँपालिका ४ भोर्लेनी सिन्धुलीका ३१ वर्षीय अशोक रानामगरको शव सिन्धुली अस्पतालबाट पोष्टमार्टम गरी घरतर्फ लैजाँदै गरेको लु २ त १७२९ नम्बरको ट्याक्टर कमलामाई नगरपालिका २ पिपलभन्ञ्याङस्थित वीपी राजमार्गमा दुर्घटना भएको हो।

दुर्घटनामा परी ट्याक्टरका सहचालक सुनकोसी गाउँपालिका ४ लखनपुर बस्ने १७ वर्षीय रामजी किङ्रीङ मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाइते सहचालक मगरलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्याक्टर र ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु