2026-10-15 05:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णालीमा १ सय १४ जना कुष्ठरोगका बिरामी भेटिए

सुर्खेत १८ पुस । झण्डै नौ बर्ष अघि नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरिएपनि सुर्खेतमा वर्षेनी २६ जना नयाँ कुष्ठरोगीहरु फेला पर्ने गरेको छन् । कर्णाली प्रदेशमा कुष्ठरोगका ११४ जना नयाँ बिरामी फेला परेका हुन् । सन् २०१० मा नेपालबाट कुष्टरोग निवारणको घोषणा गरिएको थियो । आर्थिक वर्ष २०७४÷०७५ मा प्रदेशका १० जिल्लामा नयाँ रोगी पत्ता लागेका हुन् ।

तीमध्ये सर्ने सम्भावना भएका १ सय ५ र नसर्ने ९ जना छन् । सुर्खेतमा कुष्ठरोग सम्वन्धी उपचार र निवारण गर्दै आएको आइएनएफ सुर्खेतले जिल्लामा प्रति वर्ष २६ जनासम्म नयाँ कुष्ठरोगीहरु फेला पर्ने गरेको जनाएको छ । गैरसरकारी संस्था आइएनएफका अनुसार सबैभन्दा बढी बिरामीको संख्या सुर्खेतमा देखिएको छ । सुर्खेतमा एक वर्षको अवधिमा २६ जना नयाँ बिरामी फेला परेका छन् । आइएनएफ सुर्खेत क्लष्टर इन्चार्ज मंगल थारुले नयाँ फेला परेका कुष्ठरोगीहरुमा धेरैजसो बढी किटाणुबाट संक्रमित भएको पाइएको छ ।

इन्चार्ज थारुका अनुसार जाजरकोटमा २०, दैलेखमा १०, कालिकोट र रुकुममा ९÷९ जना नयाँ बिरामी फेला परेका छन् । यस्तै, जुम्ला, मुगु र सल्यानमा ३÷३ र हुम्लामा एक जना बिरामी फेला परेका छन् । सरकारले सन् २०२० सम्ममा नेपालबाट कुष्ठरोग उन्मुलन गर्ने लक्ष्य लिएको छ । प्रति १० हजार जनसंख्यामध्ये एक जनाभन्दा कम गर्ने लक्ष्य लिइए पनि बिरामीहरू वर्षेनी बढ्दै जाँदा यसमा चुनौती देखिएको छ ।

आईएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालका प्रबन्धक मंगल चौधरीका अनुसार नेपालमा पनि वर्षेनी ३ हजारभन्दा बढी कुठरोगका बिरामी फेला पर्ने गरेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार यो क्रम बढ्दो मात्रामा देखिएको छ । उनका अनुसार अहिले कर्णाली प्रदेशका जाजरकोट, दैलेख, कालिकोट र रुकुममा नयाँ कुष्ठरोगी फेला पर्ने क्रम निकै बढेको छ ।सुर्खेतमा प्रति १० हजारमा एक जनाभन्दा कमलाई कुष्ठरोग हुने गरेको पाइएपनि नयाँ फेला पर्ने क्रमपनि नरोकिएकोले उपचारमा चुनौती थपिएको आइएनएफ सुर्खेतले जनाएको छ । साइनिङ अस्पतालमा साउन यता १० जना बिरामी उपचारमा आएका छन् । गत वर्ष ६० जना बिरामी उपचारमा आएको अस्पतालले जनाएको छ । अस्पतालले हालसम्म १० हजार ८ सय बिरामीलाई सेवा दिएको छ ।

कुष्ठरोग उपचारका लागि अस्पतालमा २५ वटा शैय्याको क्षमता छ । गत वर्ष १ सय ४६ जना उपचारका लागि भर्ना भएको अस्पतालका प्रबन्धक चौधरीले बताए । ब्याक्टेरियाका कारण कुष्ठ रोग लाग्छ, जुन श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्काेमा सर्ने गर्छ । कुष्ठरोगको क्षेत्रमा शोध गरिरहेकी सुडानकी डा. उल्लाब्रिट एंगेल ब्रेक्टसनले मानव इतिहासको पुरानो मानिने यो रोग लाग्ने बित्तिकै धामी–झाँक्रीतिर जाने हुँदा उपचारमा ढिलो मात्र आउने गरेको पाइएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो