2026-10-05 04:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

फिदिममा नेपथ्य कन्सर्टको तयारी अन्तिम चरणमा

कमल घिमिरे।पौष१९।पाँचथर, पाँचथरको फिदिममा आगामी माघ २ गते हुन गइरहेको नेपथ्य ब्याण्डको प्रस्तुती रहने साँगितिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । 

 आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको लागी झपा,इलाम,तेह्रथुम,ताप्लेजुङ तथा पाँचथर जिल्लाका स्थानिय बजार र अन्य ठाउँहरुमा पोस्टर,बोर्डहरु,रेडियो,पत्रपत्रिका तथा अनलाइन मिडियाहरु बाट प्रचारप्रसार गरिएको बताइएको छ । आयोजकका अनुसार आजैबाट विभिन्न स्थानमा काउण्टर राखी टिकट बिक्री सुरु गरिएको छ । इलामको माइभ्याली स्पोर्टिङ क्लब र रेड हर्स,ताप्लेजुङको जिल्ला ब्याटमिटन संघ र जिल्ला फुटबल संघ,पाँचथरको सयपत्री क्लब कुम्मायक,स्वतन्त्र क्लब रानिटार,राइजिङ स्टार क्लब मिक्लाजुङ रवी,फिदिम बजारको बुद्ध मार्ग,मेन रोड तथा विभिन्न ठाउँमा टिकट काउण्टर राखिएको आयोजकले जानकारी दिएको छ । 

 पर्यटन प्रर्वद्धन पाँचथरको शान,कला  संस्कृतिको संरक्षणमा हाम्रो अभियान भन्ने नाराका साथ नेपालको संस्कृति कलाको संरक्षण सम्र्वद्धन गर्ने उद्धेश्यले नेपालको चर्चित ब्यान्ड नेपथ्यको साथमा कार्यक्रम हुने भएको हो।

  पर्यटन प्रर्वद्धन,मुटु,मृगौला क्यान्सर रोगी,जेष्ठ नागरिक र फरक क्षमता भएका ब्यक्तिहरुलाई सहयोगार्थ साँगतिक कार्यक्रमको आयोजना गरिएको मुख्य आयोजक सुम्हात्लुङ युथ क्लवका अध्यक्ष दिपेन्द्र योक्पाङदेनले बताउनुभयो ।

बृहत साँस्कृतिक कार्यक्रममा प्रवेशद्धारमा टिकट वितरण नगरिने,टिकट दर ५ सय रुपैया राखिएको र ५ वर्षभन्दा मुनिका बालवालिकालाई कार्यक्रममा प्रवेश गर्न निषेध गरिएको आयोजकले जनाएको छ । बेलुका ६ देखि सुरु भइ ८ बजे सम्ममा  कार्यक्रम सकिने आयोजकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर