पुस २६ गोरखा । ऐतिहासिक लिगलिगकोटमा पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरिने भएको छ।  नेपाल एकिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६ गोरखा । ऐतिहासिक लिगलिगकोटमा पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरिने भएको छ।  नेपाल एकिक"/>
2026-10-26 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

राष्ट्रिय एकताको सन्देश दिन लिगलिगकोटमा ४० फिट अग्लो झण्डा फहरांइदै

पुस २६ गोरखा । ऐतिहासिक लिगलिगकोटमा पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरिने भएको छ।  नेपाल एकिकरणको शिलान्यास भएको गोरखाको  लिगलिगकोटमा पौष २७ गते पालुङटार नगरपालिकाका मेयर ई.दीपक बाबू कंडेलबाट झण्डोत्तोलन गर्न लागिएको हो  । 

लिगलिग कोटमामा राखिने झण्डाको उचाई ४० फिट अग्लो रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले साझा सबाललाई जानकारी दिए । लिगलिगकोटको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उदेश्यले करिब १० लाखको बजेटमा  झण्डा राखिन लागेको अधिकृत भारतीले बताए । 

नगरपालिकाले यो आर्थिक वर्ष लिगलिगकोटको  विकासको लागि ५० लाख बजेट विनियोजन गरेको छ । सो रकम लिगलिगकोटको पर्यटन प्रवर्धन तथा होम स्टे विकासका लागि खर्च गरिने भारतीले बताए ।नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरि नयाँ संदेश दिन लागिएको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण रानाले बताए । शुक्रबार हुने कार्यक्रममा सबै लिगलिगबासीहरुलाई उपस्थित हुन अनुरोध गरिएको रानाले बताए ।

लिगलिगकोटको विकासका लागि लिगलिगकोटमा प्रदेशस्तरीय संग्रहालय निर्माण गर्न गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ  रकम विनियोजान गरेको छ । हाल यो प्रक्रियामा रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोहि कार्यक्रममा बौद्ध हिमाल युवा क्लबका अभियन्ता हरुद्वारा गरिएको “लिगलिग – पालुङटार प्रवर्द्धन यात्रा २०७५ ” मा टिस्टा नदि सम्म पुर्याइएको झण्डा नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने