२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काम शुरु भएको दुई वर्ष नाँघ्दा पनि ढोलाहिटी–लेले सडकमा जम्मा २० प्रतिशत काम

२०७५, ३० पुष सोमबार ०७:५६

पुस ३०, काठमाडौं | सडक विस्तारको काम शुरु भएको दुई वर्ष नाँघ्दा पनि ढोलाहिटीदेखि लेले सरस्वती कुण्डसम्मको सडकको काम जम्मा २० प्रतिशतभन्दा बढी हुन सकेको छैन । 

 सर्वोच्चअदालतले सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरेपछि काम अवरुद्ध हुँदा प्रगति कम देखिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । यो सडकको निर्माण अवधि तीन वर्ष रहेकामा दुई वर्ष सकिँदा पनि भौतिक प्रगति भने ज्यादै कम देखिएको हो । 

स्थानीयवासीले पहिले घरको मात्रै मुआब्जा माग्दै आएकामा अहिले जग्गाकोसमेत मुआब्जा मागेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । स्थानीयवासी एकजुट भएर मुआब्जा नपाउँदासम्म काम गर्न नदिने अडानमा छन् । नगरपालिकाले पहल गर्दा पनि स्थानीयवासी सडक विस्तारका लागि जग्गा छाड्न नमानेका हुन् । उहाँले भन्नुभयो, “जनप्रतिनिधिले चाहेर पनि सडक विस्तारको काम हुन सकिरहेको छैन ।” 

यस सडकको दायाँबायाँ रहेका रुखका कारणले पनि लामो समयसम्म काम अवरुद्ध भएको आयोजनाले जनाएको छ । अहिले वन विभागबाट स्वीकृति लिएर रुख हटाइएको छ । पहिले स्थानीयवासीले घरको मात्रै मुआब्जा माग्ने गरेकामा अहिले जग्गाकोसमेत मुआब्जा माग गरिरहेका छन् । उहाँले भन्नुभयो, “सम्बन्धित निकायबाट यस सडकका लागि सहयोग नहुँदा नहुँदा ठेकेदारले काम अघि बढाउन पाएको छैन ।” 

उपत्यकामा विस्तार हुन लागेका १२सडकमध्ये यो सडक एक हो । करिव १० किलोमिटर लामो सो सडक २०७३ जेठ महिनादेखि निर्माण शुरु गरिएको थियो । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ