2026-10-23 05:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहिल्यै नमर्ने त्यो जीव !

अमरताको विषयमा वैज्ञानिकले धरै अनुसन्धान गरेका छन् । मृत्युलाई चुनौती दिनको लागि मान्छेले धर्म, ग्रह, तथा विभिन्न पौराणिक ग्रन्थहरुलाई पनि जाँच्यो । त्यसबाट पनि केही जानकारी लिने प्रयास गर्यो ।

जब वैज्ञानिक आकाशको बारेमा खोजतलास गर्दै थिए, विज्ञानका किताबमाथि चर्चा–परिचर्चा हुँदै थियो । पृथ्वीको कुना–कुनामा के भइरहेको छ भन्ने बारेमा वैज्ञानिकहरु खोजी गर्दै थिए । त्यतिबेला कसलाई पो थाहा थियो र, समुन्द्रको गहिराइमा कहिल्यै नमर्ने जीव जेलिफिस छ भनेर ।

जब हामी जेलिफिसको बारेमा सोच्न थाल्छौं, यसका जानकारहरु आफ्नो दिमागमा यसको जीवनको दोस्रो अवस्था ‘मेडुसा स्टेज’को आकृति खेलाउन थाल्छन् ।

जेलिफिसमा भाले–पोथी हुन्छन् । तिनीहरुमा शुक्राणु र अण्डाणु पनि हुन्छन् । तर बच्चा भने अन्य जनावरको जसरी जन्मिदैनन् । तिनीहरु आफ्नो जीवन लार्भाको रुपमा सुरु गर्छन् । लार्भाहरु पानीमा बगिरहन्छन् र टाँसिनको लागि कुनै चट्टान अथवा कुनै बस्तुको खोजीमा रहन्छन् ।

जब यिनीहरु टाँसिनको लागि उपयुक्त ठाउँ भेट्छन् अनि लार्भा एउटा मुलायमा तन्तुमा बदलिन्छ । यी पोलिपहरु आफ्नो क्लोन आफैँ बनाउँछन् । पोलिपहरुले क्लोन बनाइरहन्छन् जसले गर्दा पोलिपको ठूलै झुण्ड बन्न पुग्छ । पोलिपको एक ‘कोलोनी’(समूह)ले राम्रो वातावरण पाएमा केही दिनमै विशाल झाडीको रुप लिने गर्छ ।

बगैंचामा फूल फक्रिए जसरी पोलिप पनि फक्रिन्छ । त्यहीबेला त्यसको बीचबाट सानो जेलिफिस फक्रेको फूलझैं बाहिर निस्किन्छ । जेलिफिसको जीवनको सुरुवात जति रोमाञ्चक हुन्छ, बुढेसकाल बेला पनि त्यति नै रोमाञ्चक हुने गर्छ । अर्थात यसको मृत्यु नै हुँदैन ।

जेलिफिसको मर्दैन

मेडुसा अमर जेलिफिस ‘टुरीटोप्सिस डोहर्नी’ जब मर्छ तब उसको शरीर समुन्द्रको फेदमा जान्छ र बिस्तारै कुहिन सुरु हुन्छ । तर आश्चर्यका साथ यसका कोषिकाहरु एकत्रित हुन थाल्छन् । त्यसपछि त्यो मेडुसा नबनेर पोलिप बन्छ । यिनै पोलिपबाट नयाँ जेलिफिसको जन्म हुन्छ ।

यस प्रकार मेडुसा जेलिफिसले अघिल्लो जन्म छोडेर नयाँ तरिकाले अर्को जीवनको सुरुवात गर्छ । मृत्युलाई चुनौती दिने यो कुरा विज्ञानको भ्रम जस्तै छ । यो त्यो पौराणिक फिनिक्स चराको कहानी जस्तो छ भनिन्छ, जुन आफू जलेपछिको खरानीबाट पनि जीवित हुन्छ ।

तस्मानियाका जेलिफिस रिसर्चर तथा मरीन स्टिंगर एडभाइजरी सर्बिसका निर्देशक लिसा एन्न गेश्र्विन भन्छन्, ‘यो हामी सबैको ध्यान उडाउने खाले खोज हो, यो समयको सबैभन्दा अद्भूत खोजमध्येकै एक हो ।’

सन् २०११ मा चीनको सियामेन विश्वविद्यालयका एकजना सोधार्थी विद्यार्थी जिनरु ही ले  ‘मून’ जेलिफिसलाई एउटा ट्यांकीमा राखे । जब त्यो जेलिफिस मर्यो अनि उनले त्यसलाई अर्को ट्यांकीमा राखे । तीन महिनापछि त्यो मृत जेलिफिसको शरीरबाट  पोलिप बाहिर आउँदै थियो । 

मृत शरीरबाट पुनः जन्म लिने यो प्रक्रिया अहिलेसम्म जेलिफिसका पाँच प्रजातिमा देखिएको छ ।

बाँच्नको लागि मर्ने गर्छ 

उमेर बढ्दै जाँदा अथवा कुनै बिमारीका कारण जेलिफिस कमजोर हुन्छ या कुनै खतरा महसूस गर्छ भने यसले आफ्नो यो अविश्वसनिय तरिका अपनाएर पुनः जन्म लिने गर्छ ।

जब यो प्रक्रिया सुरु हुन्छ, जल्लिफिसको घण्टी(छाता जस्तो भाग) र यसका टेंटिकल्स गल्न थाल्छन् । यो फेरि पोलिपमा बदलिन्छ । पोलिपले कुनै चट्टान अथवा स्थिर बस्तुमा टाँसिन्छ र जेलिफिसका रुपमा बढ्न थाल्छ ।

यसरी जेलिफिसको मृत शरीरबाट पुनः जेलिफिस बन्ने यो प्रक्रियालाई ‘सेलुलर ट्रांसडिफरेंसिएशन’ भनिन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने