2026-09-28 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन

2026-09-02

काठमाडौँ | संघीय संसद सचिवालयले आफ्ना २० जना शाखा अधिकृतहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाएको छ । भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीका प्रभावितहरूको उद्धार तथा राहत सम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न उनीहरूलाई त्यहाँ खटाइएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको माग बमोजिम सचिवालयले बुधबारबाट ती कर्मचारीहरूलाई अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको हो । सचिवालयका उपसचिव नारायण प्रसाद ढकालद्वारा हस्ताक्षरित पत्र अनुसार, खटाइएका कर्मचारीहरूलाई भदौ १४ गतेबाट त्यहाँ खटिएका छन् ।

सचिवालयले मेघराज अर्याल, रोशन तण्डुकार, प्रविन राई, गुणमाया सुनुवार सिंह, जीवनकुमार निरौला, जयराज खड्का, विष्णु बहादुर विष्ट, प्रकाश कुमार लामा, विजयकुमार भट्टराई, नारायण बहादुर कार्की, सदन राई, जनकराज अधिकारी, विष्णु चौधरी, प्रकाश ज्ञवाली, प्रवल पौडेल, यमुना सुवेदी, विमल परियार, कविता भट्टराई, विमला रावल र सरस्वती रिजाललाई प्रधानमन्त्री कार्यालयमा खटाएको हो । विपद्को समयमा राहत र उद्धार कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन संसद सचिवालयका कर्मचारीहरूलाई प्रधानमन्त्री कार्यालय मातहत रहने गरी परिचालन गरिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै