2026-09-14 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका खेतीयोग्य जमीनमा सिँचाइ अभाव

विनोदसिंह विष्ट | माघ २, बैतडी | बैतडीमा पन्ध्र हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा परेका छन् । 

सिँचाइ सुविधा नभएका कारण यहाँका धेरैजसो किसान आकाशे पानीको भरमा वर्षा याममा मात्र खेती गर्ने गरेका छन् । भिरालो जमीनमा ओसिलो पन नहुँदा लगाएको सबै अन्नबाली सुक्ने भन्दै हिउँदे याममा किसानका खेतबारी बाँझै रहने गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । हिउँदको समयमा खडेरी पर्दा किसान जमीन बाँझै छोड्न बाध्य भएका हुन् । 

केहीले व्यक्तिगत रुपमा पाइप खरीद गरी सिँचाइ गरे पनि अधिकांश किसानका खेतबारी सिँचाइविहीन अवस्थामा रहने गरेका छन् । आकाशे पानीको भरमा खेती गर्दा बीउ नै नउम्रिने र हिउँदे याममा जमीन खाली नै राख्ने गरेका छन् । सिँचाइ सुविधा भएका ठाउँमा किसानले बर्खेबाली र हिउँदेबालीका साथै बेमौसमी तरकारीबालीसमेत लगाउने गरेका छन् । आर्थिक आम्दानीको स्रोत बढ्ने भएकोले किसानहरु सिंचाई सुविधा भएका ठाउँमा बेमौसमी तरकारीखेतीतर्फ आकर्षित हुन थालेका हुन् । 

जमीन पर्याप्त भए पनि कतिपय ठाउँमा सिँचाइको अभावमा बाँझै राख्नुपर्ने बाध्यता छ । आकाशे पानीको भरमा लगाउँदा वर्षेनी बीउ नै नउठ्ने भएपछि हिउँदे याममा जमीन खाली राख्ने गरेका हुन् । 

जिल्लाका सिँचाइ नभएका ठाउँमा खडेरीले बढी प्रभाव पार्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । जिल्लामा २५ हजार ५०० हेक्टर खेती योग्य जमीन भए पनि त्योमध्ये १० हजार हेक्टरमा मात्रै सिँचाइको सुविधा रहेको उहाँले बताउनुभयो । खडेरीका कारण उत्पादनमा कमी आएपछि तराईबाट आयात हुने खाद्यान्नमा समेत वृद्धि भएको छ । 

खडेरीको विकल्प खोजिँदै 

खडेरीले खेत बाँझै हुन थालेपछि विकल्पमा आयआर्जनमा समेत टेवा पुग्ने भएकाले फलफूल खेती गरिन थालिएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिकाले किसानलाई फलफूलका बिरुवा वितरण गर्न थालेको छ । किसानलाई फलफूलबाट आत्मनिर्भर बनाउने उद्देश्यले फलफूलका बिरुवा वितरण गर्ने कार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । 

प्रतिकिसान २० बिरुवाका दरले हिउँदे फलफूलका बिरुवा वितरण गर्न थालिएको छ । ओखर, आरुबखडा, आरुलगायतका १० हजार बिरुवा वितरण गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । फलफूल खेतीबाट तत्कालै फाइदा लिन नसकिए पनि दीर्घकालीन रुपमा फाइदा हुने भएकाले आफूहरुले निःशुल्क रुपमा फलफूलका बिरुवा वितरण गर्न थालेको जनाइएको छ । 

पछिल्लो समयमा खडेरीका कारण किसानले खेतीपातीसमेत लगाउन नसकेकाले खडेरीको विकल्पको रुपमा समेत फलफूल बगैँचा हुन सक्ने अध्यक्ष चन्दको भनाइ थियो । यो सिजनमा हिउँदे फलफूलका बिरुवा वितरण गरिरहेको गाउँपालिकाले वर्षात्को समयमा बर्खे फलफूलका बिरुवा वितरण गर्ने जनाएको छ । व्यावसायिक रुपमा फलफूल खेती गर्नसके किसान आत्मनिर्भर बन्न सक्ने सुक्खा फलफूल विकास केन्द्र सतबाँझका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्नाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले