२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाण्डौमा सवारीसाधनको प्रदूषण परीक्षण

२०७५, ४ माघ शुक्रबार ०८:०३

माघ ४, काठमाण्डौ | सवारीसाधनको अवस्था पत्ता लगाउन काठमाडौँको नागढुङ्गामा प्रहरी र यातायात व्यवस्था विभागको टोलीले गाडीको प्रदूषण परीक्षण गरेको छ । 

विभिन्न जिल्लाबाट भित्रिएका बस, ट्रक, माइक्रो र टिपरसहित ४७ वटा सवारीसाधन जाँच गर्दा १५ वटा गाडी प्रदूषण फेल भएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज जनाएको छ । 

प्रदूषण फेल भएका सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो । सवारी साधनको अवस्था ठीक हुनका लागि पेट्रोलबाट सञ्चालित सवारीमा तीन प्रतिशतभन्दा कम कार्बन मोनोअक्साइड र हाइड्रोकार्बन एक हजार पिपिएमएचसीभन्दा कम हुनुपर्छ । डिजेलबाट चल्ने गाडीको धुवाँको घनत्व ६५ प्रतिशतभन्दा कम एचएसयु हुनुपर्ने मापदण्ड रहेको विभागको सवारी परीक्षण कार्यालयले जनाएको छ । 

मापदण्डविपरीत प्रदूषण फेल हुने सवारीसाधनलाई रु ५०० देखि एक हजार ५०० सम्म जरिवाना हुने व्यवस्था रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरी र सरोकारवाला निकायको संयुक्त टोलीले चालकको स्वास्थ्य अवस्थासमेत जाँच गरेको छ । जाँचमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरी अस्पतालका चिकित्सक र यातायात व्यवस्था विभागको प्रदूषण परीक्षण प्राविधिकको सहभागिता थियो । उक्त टोलीले सवारी चालकको आँखाको समेत परीक्षण गरेको महाशाखाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित