2026-09-19 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

भैँसीपालन व्यवसायबाट मनग्ये आम्दानी गर्छन उदयपुरका कार्की

माघ ११, गाईघाट | पैसा कमाउनका लागि विदेशिनु पर्छ भन्ने होइन, काम गर्ने चाहना भयो भन्ने स्वदेशमै पनि मनग्ये आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ, उदयपुर त्रियुगा नगरपालिका–१६ शाही खोलाका ५५ वर्षीय नैनबहादुर कार्की । 

विदेशमा बीस वर्षसम्म बसेर पनि सन्तोषजनक कमाइ नभएपछि उहाँले स्वदेशमै भैँसीपालन व्यवसाय शुरु गर्नुभयो । हिजोआज त्यही व्यवसायबाट उहाँ मासिक रु ७० देखि ८० हजारसम्म कमाइ गर्न थालेका छन् । 

कार्की भन्नुहुन्छ,“विदेशमा गएर राम्रो कमाइ गरिन्छ भनेर त्यहाँ लामो समयसम्म बसें तर सोचेजस्तो आर्थिक कमाइ गर्न नसकेपछि गाउँघरमै पुख्र्यौली पेशा भैँसीपालन नै शुरु गरें, अहिले त्यसबाट राम्रो कमाइ हुने गरेको छ ।” 

चार वर्षअघि विदेशबाट फर्केपछि रु तीन लाखको लगानीमा तीन वटा भैँसी किनेर लालीगुराँस भैँसीपालन फार्म दर्ता गरी यो पेशा शुरु गरेका कार्कीको गोठमा अहिले आफ्नै लगानीका आठवटा लैनौ भैँसी छन् । एक वर्षदेखि आफूले दूध बिक्री गरेर मासिक रु ८० हजारसम्म आम्दानी गर्न थालेको कार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विदेशमा २० वर्ष बसेर कमाइ गरेको रकम आफूले एक वर्षभित्रै भैँसीपालन गरेर कमाइ गर्न सफल भएको छु ।” फार्मबाट उत्पादित दूध नजिकैको पसलदेखि गाईघाटको दूधडेरीमा बिक्री हुने गरेको कार्कीले बताउनुभयो । 

अन्य युवाले परम्परागत भैँसीपालन पेशालाई त्याग्दै अन्य पेशाप्रति आवद्ध हुने गरेको बेला नैनबहादुर भने पुख्र्यौली भैँसीपालन पेशा शुरु गरेर वार्षिक रु पाँचलाख सम्म आम्दानी गर्न थालेका छन् । 

त्रियुगा नगरपालिका– १६ का वडाध्यक्ष मानबहादुर राईका अनुसार अहिले कार्की वडा नं १६ का नै नमूना भैसीपालक कृषक भएको बताउनुहुन्छ । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने नभएर स्वदेशमा परम्परागत पेशाबाट पनि राम्रै आम्दानी गर्न सकिन्छ भन्ने अहिले नैनबहादुर कार्कीले उदाहरण देखाएको शाही खोला चन्द्राप्राविका प्रध्यानाध्यापक गम्बरसिंह बरालको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई