२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

भैँसीपालन व्यवसायबाट मनग्ये आम्दानी गर्छन उदयपुरका कार्की

११ माघ २०७५, शुक्रबार ०६:४५

माघ ११, गाईघाट | पैसा कमाउनका लागि विदेशिनु पर्छ भन्ने होइन, काम गर्ने चाहना भयो भन्ने स्वदेशमै पनि मनग्ये आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ, उदयपुर त्रियुगा नगरपालिका–१६ शाही खोलाका ५५ वर्षीय नैनबहादुर कार्की । 

विदेशमा बीस वर्षसम्म बसेर पनि सन्तोषजनक कमाइ नभएपछि उहाँले स्वदेशमै भैँसीपालन व्यवसाय शुरु गर्नुभयो । हिजोआज त्यही व्यवसायबाट उहाँ मासिक रु ७० देखि ८० हजारसम्म कमाइ गर्न थालेका छन् । 

कार्की भन्नुहुन्छ,“विदेशमा गएर राम्रो कमाइ गरिन्छ भनेर त्यहाँ लामो समयसम्म बसें तर सोचेजस्तो आर्थिक कमाइ गर्न नसकेपछि गाउँघरमै पुख्र्यौली पेशा भैँसीपालन नै शुरु गरें, अहिले त्यसबाट राम्रो कमाइ हुने गरेको छ ।” 

चार वर्षअघि विदेशबाट फर्केपछि रु तीन लाखको लगानीमा तीन वटा भैँसी किनेर लालीगुराँस भैँसीपालन फार्म दर्ता गरी यो पेशा शुरु गरेका कार्कीको गोठमा अहिले आफ्नै लगानीका आठवटा लैनौ भैँसी छन् । एक वर्षदेखि आफूले दूध बिक्री गरेर मासिक रु ८० हजारसम्म आम्दानी गर्न थालेको कार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विदेशमा २० वर्ष बसेर कमाइ गरेको रकम आफूले एक वर्षभित्रै भैँसीपालन गरेर कमाइ गर्न सफल भएको छु ।” फार्मबाट उत्पादित दूध नजिकैको पसलदेखि गाईघाटको दूधडेरीमा बिक्री हुने गरेको कार्कीले बताउनुभयो । 

अन्य युवाले परम्परागत भैँसीपालन पेशालाई त्याग्दै अन्य पेशाप्रति आवद्ध हुने गरेको बेला नैनबहादुर भने पुख्र्यौली भैँसीपालन पेशा शुरु गरेर वार्षिक रु पाँचलाख सम्म आम्दानी गर्न थालेका छन् । 

त्रियुगा नगरपालिका– १६ का वडाध्यक्ष मानबहादुर राईका अनुसार अहिले कार्की वडा नं १६ का नै नमूना भैसीपालक कृषक भएको बताउनुहुन्छ । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने नभएर स्वदेशमा परम्परागत पेशाबाट पनि राम्रै आम्दानी गर्न सकिन्छ भन्ने अहिले नैनबहादुर कार्कीले उदाहरण देखाएको शाही खोला चन्द्राप्राविका प्रध्यानाध्यापक गम्बरसिंह बरालको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ