माघ १२, काठमाडौं करेन्ट लागेर आफ्नो दुई हात एक खुट्टा गुमाएका कृष्ण ओलीलाई मदन पौडेलको अगुवाइमा कतारमा काम गर्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलको नेतृत्वमा गएको टोली ओली बसेकै घरमा पुगेर संकलित रकम हस्तान्तरण गरेका हुन् |

कार्यक्रममा नेविसंघ केन्द्रिय सदस्य शुसिल भट्ट, तरुण दलका नेता भागवत रेग्मी, विद्यार्थी नेता निरन्जन थापा, केन्द्रिय सदस्य उमेश थापा मगर, सुवास घिमिरे, विद्यार्थी नेताहरु पवन थापा, सन्तोष गुरुङ, महेश पौडेल, सुशान्त आचार्य, सौरभ घिमिरे, सुबोध ओली, सुदिप अधिकारी लगायतका सहभागि थिए ।
कांग्रेस नेता पौडेलले ओलीको स्वास्थ लाभको कामना गर्दै उनको उपचारको लागी आर्थिक सहयोग गर्न सबैलाई अपिल गर्दै भने, ''अब ओली एक्लो छैनन् । देश विदेशमा रहेका हरेक नेपाली मिलेर उनलाई सहयोग गर्नुपर्छ । कृष्ण जी निरास नहुनुस् ।'' हस्तान्तरण कार्यक्रममा नेबि सघका केन्द्रिय सदस्य सुशील भट्टले कृष्ण वलिको जस्तो उपचारका लागि आर्थिक अभाब का कारणले उपचार बाट बन्चित हुने समस्या समाधानका लागि सरकारले नितिगत रुपलेनै समाधान खोज्नुपर्ने सबालमा जोड दीदै ,कृष्णको सहयोगका लागि चालिएको सहयोग अभियान उदाहरणीय र अनुकरणीय रहेको बताउनुभयो ।
कतारमा विभिन्न कम्पनीमा कार्यरत नेपालीहरु मदन पौडेल सम्योजनमा मिलेर उनलाई एक लाख छयालिस हजार एक सय साठी रुपैयाँ सहयोग पठाएका थिए
संसारभर छरिएर रहेका नेपालीहरुले सहयोगस्वरुप पठाएको सहयोग रकम करिब एक करोड पुगेको परिवारिक स्रोतले बतायो । कृष्ण र रुपाले आफूहरुलाई सहयोग गर्नेहरु प्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिए ।