2026-07-24 05:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा अज्ञात रोगका कारण खसी, बोका र बाख्रा मर्न थाले

माघ १२, गाईघाट | उदयपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर ६,४ र ७ मा एक हप्तादेखि आज्ञात रोगका कारण कृषकको थु्रप्रै खसी, बोका र बाख्रा मरेका छन् । 

बेलका–८ मा मात्र एक हप्ताभित्र डेढ दर्जनभन्दा बढी खसीबोका र बाख्रा मरिसकेको स्थानीयवासी राजकुमार मगरले बताउनुभयो । यस्तै वडा नम्बर ४ र ७ मा समेत खसीबाख्रा बिरामी हुने र मर्नेक्रम बढेको वडा नम्बर ४ का ध्रुव कार्कीले बताउनुभयो । 

अहिले रोगको प्रकोप फैलिँदै गएपछि नगरपालिकाले उपचारमा पशु चिकित्सक परिचालन गरे पनि रोग नियन्त्रणमा नआएको नगरप्रमुख दुर्गाकुमार थापाले बताउनुभयो । 

कुन रोग लागेको हो भन्ने कुरा अहिले विशेषज्ञले अनुसन्धान शुरु गरे पनि रोग पत्ता लागि नसकेको जानकारी दिँदै उहाँले अहिले फैलिएको रोगको लक्षणमा खसीबाख्राको नाकबाट पातलो सिङ्गान आउने, स्वासप्रश्वासमा समस्या हुने, घाँस खान समस्या हुने र मर्ने गरेको बताउनुभयो । 

यता रोग फैलिँदै जान थालेका कारण अन्य कृषक भने आफ्ना पनि खसीबाख्रा बिरामी भएर मर्ने डरले चिन्तित भएको वडा नं.४ का भवीन्द्र राईले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन