११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनद्वारा कोटेश्वर–कलङ्की सडक नेपाल सरकारलाई हस्तान्तरण

१४ माघ २०७५, सोमबार ०८:०४

माघ १४, काठमाण्डौ | चीन सरकारले गत महीना निर्माण सम्पन्न गरेकोे कोटेश्वर–कलङ्की सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । 

खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा आज आयोजित ‘चिनियाँ सहयोगको निर्माण भएको काठमाडौँ चक्रपथ सुधार परियोजना हस्तान्तरण कार्यक्रम’ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चीनका राजदूत हउ याङ्चीले साँचो दिँदै सो सडक हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँहरुले संयुक्तरुपमा सडकको उद्घाटन पनि गर्नुभएको छ । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच समस्यारहित र अनुपम सम्बन्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक, कृषि, शिक्षा, स्वास्थ्यलगायतका धेरै क्षेत्रमा चीन सरकारले नेपाललाई सहयोग गर्दै आएको छ ।” 

चक्रपथको पहिलो खण्डमा देखिएको समस्या कलङ्की महाराजगञ्ज सडक(दोस्रो खण्ड) मा दोहोरिन नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो । खानेपानीको पाइप, बिजुलीको पोललगायत सडक निर्माणमा अवरोध भए समयमा नै हटाएर काम सञ्चालन गर्न दिन प्रधानमन्त्रीले सबै मन्त्रालय र विभागलाई निर्देशन दिनुभयो । 

“तपाईले समाधान गर्न सक्नुभएन भने मन्त्रिपरिषद्मा लैजानुहोस् हामी समाधान गर्छाैं”, उहाँले भन्नुभयो, “तर निर्माण कम्पनी सामान र सामथ्र्य लिएर उसै बस्नुपर्ने अवस्था आउन दिनुहुँदैन ।” 

नेपालका लागि चिनियाँ राजदूतले याङ्चीले निर्माण सम्पन्न भएको सडकले नेपाल चीनबीच सुमधुर सम्बन्ध रहेको प्रमाणित गरेको बताउनुभयो । यो सडकले चीनको नै सहयोगमा निर्माण भएको अरनिको राजमार्ग र पृथ्वी राजमार्गलाई जोडेको बताउनुभयो । नेपाल र चीनकाबीचमा मित्रवत् सम्बन्ध अझै बलियो बन्दै गएको उहाँले औँल्याउनुभयो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले सबै पक्षको सहयोगका कारण सडक निर्माण सम्पन्न भएको बताउनुभयो । 

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले चक्रपथको दोस्रो चरणको काम चाँडो शुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, “दोस्रो चरणको कामलाई चाँडो शुरु गरेर समयमा सम्पन्न गर्न विभाग लाग्नेछ ।” पाँच वर्ष पहिले निर्माण शुरु भएको यो सडकको निर्माण गत महीना सम्पन्न भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार साँझदेखि अर्को मौसम प्रणाली भित्रिँदै, कहाँ-कहाँ पर्ला पानी ? रोकिएका आयोजनालाई सरकारले अगाडि बढाउँछ : ऊर्जामन्त्री खड्का अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा ‘आफ्नै श्रीमती बेच्ने व्यक्ति’ खुलेपछि… ‘केपी ओलीले एमालेबाट निकालेका’ भीम रावल अब के गर्छन् ? लगनगाँठोमा कसिदै नेपाली क्रिकेटर दाजुभाइ आरिफ र आसिफ शेख आसिफ र आरिफलाई गृहजिल्लामा सम्मान कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कारकाे आराेपमा एक युवक पक्राउ शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता भीम रावलले नयाँ पार्टी खोल्ने एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट रवि लामिछानेसँग बयान सुरु भीम रावल लगायतलाई कारबाही गर्नुअघि ओलीले सचिवालय बैठकमा के भने ? आईसीसीद्वारा विराट कोहलीलाई कारबाही सिचुवान एयरलाइन्सले पोखरामा गर्‍यो चार्टर उडान, अब नियमित उडान गर्ने खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउड हवाई फायर, एक जना पक्राउ १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ युनाइटेड एयरलाइन्सको विमानमा युवकको शव फेला आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ? मोरङ सामूहिक बलात्कार : पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा अनुसन्धान