2026-09-08 03:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा हिपातले प्रभावित अपांगता भएका व्‍यक्तिहरूलाई न्यानो कपडा वितरण

नन्द बहादुर रोकाया । माघ १६, मुगु । हिमाली जिल्ला मुगुमा हिमपातले प्रभावति भएका अपांगता भएका व्यक्ति, असाहय, वृद्धबृद्धा, महिला तथा पुरुषहरुलाई न्यानो कपडा बितरण गरिएको छ । 

नेपाल सरकार गृह मन्त्रालयको कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यलय मुगुको आयोजनामा हिपपातले प्रभावित विपन्न अपांगता असाहय साहार नभएका बेसाहार लाई  न्यानो कपडा बल्याङ्ककेट र तन्न बितरण गरिएको हो ।

बिपन्नताको कारणले न्यानो पाउन नसकेका चिसोले ग्रसित भएका मुगु जिल्लाका एक सय जना परिवारलाई एक बल्याङकेट र एउटा तन्त्र  दिइएको विपत ब्याबस्थापनका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । उनका अनुसार समुदायमा अत्यन्त कमजोर आर्थिक अवस्था भएका हिमपातले प्रभावित चिसो भएपनि न्यानो कपडाको जोहो गर्न नसकेका असाहय, अपांगता भएका ब्यक्ति लार्ई गाउँ स्तरमा गई छनोट गरी न्यानो कपडा बितरण गरीको अधिकारी बताए । बुढेसाकालमा साहरा नभएका अपांगता, भएका ब्यति लाई चिसोबाट बच्न र बचाउन साहारा नभएका हरुको लागी नेपाल सरकार छ भन्ने सन्देश दिन मुगु लगायत हिमाली जिल्लामा यो कार्यक्रम सञ्चालन भईरहेको बताउदै प्रजिअ अधिकारीले त्यसै अनुरुप  प्रहरीको साहेयता बाट गाउँ स्तरमा गई आर्थिक अबस्था कमजोर भएका बेसाहार अपागता भएका वृ बृद्धा अपांगाता भएका महिला पुरुष एक सय जना लाई छनोट गरी  न्यानो कपडा बितरण गरेको उनको भनाई छ ।

हिड्न नसक्ने लाई घरमै गहेर कपडा बुझाउने 

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला ब्याबस्थापन समितका अध्यक्ष उमाकान्त अधिकारीले अपांगता भएका हिड्न नस्ने वृद्ध बृद्धा लाई घरमै गई न्यानो कपडा बितरण गर्ने बताए । अशक्त अपांगता हिड् डुल गर्न नसक्ने बेसाहारा भएकाहरु लाई पहिचान गरी उनिहरुको घरमै गई न्यानो कपडा बितरण गरीने जानकारी दिए । उनका अनुसार नेपाल सरकार गृह मन्त्रालयको ५ लाख बजेट अनुसार एक जना ब्यत्ति लाई ५ हजारका दरले बल्याङकेट र तन्न बितरण गरीएको  प्रजिअ अधिको भनाई छ ।

न्यानो कपाडा बुझ्न आएका बृद्ध बृद्धा  खुसी

न्यानो कपाडा बुझन आएका  बृद्ध बृद्धा न्यानो कपडा पाए संगै खुसी भएका छन । लगातारको हिमपात र चिसोले कठ्याङ्कग्रियका  जिवन जिउन समस्या भएका अपांगात ,असाहय खुसी भएका हुन  । हातमा बल्याङकेट र तन्न बुझेपछि थाहाखबर कुरा गदै छायाँनाथ रारा नगरपालीका वडा नं ५ डुम गाउँ का ८५ बर्षका बृद्ध फागुने कामिले चिसाले साह्रै सताएको बताए । घरमा कोहि छैन छोरा थिय  वास्ता गदैनन् चिसाले गर्दा रात्ति निन्दा नलाग्ने  रात्तभरी आगोबाली बस्नु पर्ने बाध्यता थियो । आज यो न्यानो कपडा पाएको छु  मज्जाले सुत्न पाउने भए भन्दै खुसी ब्यक्त गर्नु भयो । यता ७० बर्षका बृद्ध बुकि बिकले पनी त्यस्तै गुनासो गरिन आफनो कोहि छैनन् बस्नको लागी सार्वजानीक घरमा बसेको दुखेसो गरीन । बेसाहार भएर बसेको छौ । हिमपात र चिसोले सताएको थियो आज बाट केहि राहत हुने भयो भन्दै खुसी भएको बताईन । न्याने कपडा पाए संगै सबैको अनुहारमा चियो बाट बच्च पाउने भयौ भन्ने खुसि छाहेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ