२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जगदम्बाले ल्यायो जगशक्ति गोल्ड छड, धुर्मुस सुन्तली ब्राण्ड एम्बेसडरमा नियुक्त

२०७५, १८ माघ शुक्रबार ०८:१२

माघ १८, काठमाडौं। जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छड बजारमा ल्याएको छ । एक कार्यक्रमका विच जगदम्बा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतहरु सीताराम कट्टेल र कुञ्जना घिमिरेले जगशक्ति गोल्ड टिएमटी बार सार्बजनिक गरे । 


जगदम्बा इन्टरप्राइजेजले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड बजारमा आएका छडमध्ये उत्कृष्ट रहेको दावी गरेको छ । कम्पनीका प्राविधिक परामर्शदाता एस राजामनीले जगशक्ति गोल्ड फे ५०० डि टिएमटी छड परंपरागत प्रणालीबाट उत्पादित बारभन्दा उच्च गुणस्तरीय हुने बताए । राजामनी भारतको चर्चित टाटा स्टिलमा काम काम गरिसकेका बरिष्ठ प्राविधिक हुन् । 'यस छडमा सल्फर र फसफोरसजस्ता अशुद्ध तत्वलाइ शून्य दशमलव ०६ भन्दा कम गराइएको हुन्छ,' उनले भने, 'फे ५०० डी श्रेणीका टिएमटी छड साधारण श्रेणीका छडभन्दा उच्च लचिला हुन्छन् । यसलाइ उत्पादन गर्दा उच्च नियन्त्रण भएको थर्मो केमिकल ट्रिटमेन्टबाट बनाइन्छ । डि श्रेणीका छडहरू भूकम्प प्रतिराधात्मक र यान्त्रिक रूपमा पूर्ण सक्षम हुन्छन् ।' 


जगशक्ति टिएमटी गोल्डलाइ निर्माण कार्यमा प्रयाग गर्दा कंक्रिटले अत्याधिक ढबाब सहने क्षमता राख्दछ । खिया प्रतिरोधात्मक यस छडमा उत्कृष्ट वेल्डिंग क्षमता छ । 

कम्पनीका अनुसार यो छड उत्पादन गर्दा पूर्ण नियन्त्रण भएको मेकानिकल ट्रिटमेन्ट गरिएको छ । यस छडमा कार्वन, सल्फर र फस्फोरसको मात्रा कम हुन्छ । जसले गर्दा स्टिल सुरक्षित रहन्छ र भविष्यमा भूकम्पका धक्काको प्रतिराध गर्न सक्दछ । यस छडलाइ पुल,  बाँध, आकाशे पुल,  भवन,  रेलमार्ग, जलविद्युत अयोजना जस्ता विभिन्न परियोजनाहरूमा प्रयाग गर्न सकिन्छ । 

धुर्मुस सुन्तली ब्राण्ड एम्बेसडरमा नियुक्त 

जगदम्बाले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड छडको सद्भावना दूत (ब्राण्ड एम्बेसडर) मा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । सद्भावना दूत धुर्मुसले आफूले घोषणा गरेको रंगशाला निर्माण गर्न सबैसँग सहयोगको आग्रह गरे । उनले अत्याधुनिक प्रविधिबाट उत्पादित जगशक्ति गोल्ड छडको सद्भावना दूत बनेर राष्ट निर्माणमा जोडिन पाउँदा खुशी लागेको बताए ।  

जगदम्बा इन्टरप्राइजेजले धुर्मुस सुन्तलीले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जगशक्ति गोल्ड बारको प्रति मेटिक टन बिक्रीबाट २० रुपैयाँ उपलब्ध गराउने निर्देशक रुंगटाले कार्यक्रममा घोषणा गरे । उक्त सहयोग २ बर्षसम्म उत्पादन हुने जगशक्ति गोल्ड छडको बिक्रीबाट उपलब्ध गराइनेछ । 

जगदम्बा इन्टरप्राइजेजले विभिन्न प्रकारका कालो पाइप, जिआइ (फलामे) पाइप, विद्युतीय पोल, सटर प्रोफाइका साथै स्ट्रक्चरल पुल, ट्रससमेत उत्पादन तथा जडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह