२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ल्होसार मनाउन सार्वजनिक बिदा

१८ माघ २०७५, शुक्रबार १०:४३

माघ १८, सिन्धुली | तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा सिन्धुलीका तीन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिएका हुन् । 

हरिहरपुरगढीमा ६४ प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले यही माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिएको गाउँपालिकाका उपाध्यक्ष अनिताकुमारी राईले जानकारी दिनुभयो । गाउँपालिकाले माझी समुदायले मनाउने लदी पर्वका अवसरमा पनि फागुन २१ गते र राई समुदायले मनाउने पर्वका दिन पनि सार्वजनिक बिदा दिने उहाँले बताउनुभयो । 

माझी र राई समुदायले मनाउने पर्वका दिन अहिले नै बिदा दिने निर्णय नगरिएको र पछि निर्णय गरेर बिदा दिइने बताउनुभयो । 

यस्तै मरिण गाउँपालिकाले पनि सोनाम ल्होसारमा दुई दिन सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको माघ १४ गते बसेको बैठकले सोनाम ल्होसारमा माघ २१ गतेदेखि २३ गतेसम्म सार्वजनिक बिदा दिएको अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । 

यसैबीच मरिण गाउँपालिकामा माझी समुदायको पनि धेरै बसोबास रहेकाले माझी समुदायको सांस्कृतिक पर्व लदी पूजाका दिन आगामी फागुन २१ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

यस्तै घ्याङलेख गाउँपालिकाले पनि तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाभरि माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा ९० प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले महान् पर्व सोनाम ल्होसारमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष जगत् भोलनले जानकारी दिनुभयो । 

सिन्धुलीको दुधौली नगरपालिका, फिक्कल गाउँपालिकाले भने सोनाम ल्होसार बनाउन छुट्टै सार्वजनिक बिदा नदिने बताएका छन् । कमलामाई नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकाले भने छलफलपछि सार्वजनिक बिदा दिने भएका छन् । 

नेपाल तामाङ घेदुङ सिन्धुलीका अध्यक्ष गम्भीरसिंह मोक्तानले तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा बिदा दिन कमलामाई नगरपालिकालगायत स्थानीय सरकारसँग माग गरिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने