2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ल्होसार मनाउन सार्वजनिक बिदा

माघ १८, सिन्धुली | तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा सिन्धुलीका तीन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिएका हुन् । 

हरिहरपुरगढीमा ६४ प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले यही माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिएको गाउँपालिकाका उपाध्यक्ष अनिताकुमारी राईले जानकारी दिनुभयो । गाउँपालिकाले माझी समुदायले मनाउने लदी पर्वका अवसरमा पनि फागुन २१ गते र राई समुदायले मनाउने पर्वका दिन पनि सार्वजनिक बिदा दिने उहाँले बताउनुभयो । 

माझी र राई समुदायले मनाउने पर्वका दिन अहिले नै बिदा दिने निर्णय नगरिएको र पछि निर्णय गरेर बिदा दिइने बताउनुभयो । 

यस्तै मरिण गाउँपालिकाले पनि सोनाम ल्होसारमा दुई दिन सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको माघ १४ गते बसेको बैठकले सोनाम ल्होसारमा माघ २१ गतेदेखि २३ गतेसम्म सार्वजनिक बिदा दिएको अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । 

यसैबीच मरिण गाउँपालिकामा माझी समुदायको पनि धेरै बसोबास रहेकाले माझी समुदायको सांस्कृतिक पर्व लदी पूजाका दिन आगामी फागुन २१ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

यस्तै घ्याङलेख गाउँपालिकाले पनि तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाभरि माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा ९० प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले महान् पर्व सोनाम ल्होसारमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष जगत् भोलनले जानकारी दिनुभयो । 

सिन्धुलीको दुधौली नगरपालिका, फिक्कल गाउँपालिकाले भने सोनाम ल्होसार बनाउन छुट्टै सार्वजनिक बिदा नदिने बताएका छन् । कमलामाई नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकाले भने छलफलपछि सार्वजनिक बिदा दिने भएका छन् । 

नेपाल तामाङ घेदुङ सिन्धुलीका अध्यक्ष गम्भीरसिंह मोक्तानले तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा बिदा दिन कमलामाई नगरपालिकालगायत स्थानीय सरकारसँग माग गरिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल