२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगार संयोजक पदमा ३१ गुणा बढी आवेदन पर्यो, सबैभन्दा बढी प्रदेश ३ मा

२०७५, १८ माघ शुक्रबार १४:१५

माघ १८, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रत्येक स्थानीय तह मातहत रही सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजकको पदमा ३१ गुणा बढी आवेदन परेको छ। ७५३ वटै स्थानीय तहका लागि दरखास्त दिने अन्तिम समयसीमा शुक्रबारसम्म जम्मा २३ हजार ९ सय ६८ जनाले आवेदन दर्ता गराएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

कुन प्रदेशमा कति आवेदन ?

प्राप्त आवेदनहरुको प्रदेशगत विवरण अनुसार सबैभन्दा धेरै प्रदेश ३ मा ४ हजार ९ सय ९४ जनाले आवेदन दिएका छन् । धेरै आवेदन पर्नेमध्ये सुदुरपश्चिम प्रदेश दोश्रोमा  परेको छ, जसमा ४ हजार ४ जनाले आवेदन दिएका छन्। त्यस्तै गरि प्रदेश २ मा ३ हजार ६ सय ७१ जना, प्रदेश १ मा ३ हजार ६ सय ६५ जना, कर्णाली प्रदेशमा ३ हजार ३ सय ७८ जना, प्रदेश ५ मा २ हजार ३ सय १ जनाले आवेदन दिएका छन् सबैभन्दा कम आवेदन गण्डकी प्रदेशमा परेको छ जसमा जम्मा १ हजार ९ सय ५५ जनाले मात्र आवेदन दिएका छन् । 

प्राप्त कूल आवेदनमध्ये  ५ हजार ८ सय ५ जना आवेदकहरुले आफ्नो ईमेलमा गई आवेदन भेरिफाई नगरेको पाइएको श्रम मन्त्रालयले जनाएको छ। तोकिएको समयसीमाभित्र आवदेन दिएका तर भेरिफाई नगरेका आवेदकहरुलाई १९ गते राती १२ बजेसम्म प्रमाणित गर्न सक्ने व्यवस्था गरिएको छ। भेरिफाई नभएका आवेदकहरुको सूची वेभसाइटमा समेत प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ। साथै सम्बन्धित आवेदकको मोबाइल नम्बर तथा ईमेल ठेगानामा समेत सोको जानकारी पठाइ सकिएको मन्त्रालयले जनाएको छ। थप गरिएको समय भित्र समेत प्रमाणित नहुने दरखास्तहरु स्वतः बदर हुनेछन्। 

प्राप्त दरखास्तहरुको तोकिएका मापदण्डहरुका आधारमा स्वचालित कम्प्युटर प्रणालीबाट रिक्त पदसंख्याको तीनगुणा बराबर आवेदकहरुको योग्यताक्रमको प्रारम्भिक सूची आजका मितिले १० दिनभित्र तयार हुनेछ । प्रारम्भिक सूची अनुरुप कम्प्युटर सीप परीक्षाका लागि मिति, समय र स्थान तोकी प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाइट www.pmep.gov.np मा सूचना सार्वजनिक गरिनेछ।  सोको जानकारी योग्यताक्रमको प्रारम्भिक सूचीमा पर्ने उम्मेदवारहरुको मोबाइल नम्बरमा समेत पठाइने मन्त्रालयले जनाएको छ।

१० हजार भन्दा बढी जनसंख्या भएको स्थानीय तहमा शाखा अधिकृत सरहको र १० हजार भन्दा कम जनसंख्या भएको स्थानीय तहमा नायव सुब्बा सरहको संयोजक रहने व्यवस्था गरेको छ । मन्त्रालयले अस्थायी दरवन्दीमा १ वर्षका लागि प्रदेशगत रुपमा खुल्ला प्रतिष्पर्धा मार्फत करारमा पदपूर्ति गरि स्थानीय तहमा खटाउने तयारी गरेको हो।

रोजगार संयोजकको काम के हो ?

१. छनौट भएका रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्नुपर्छ  

२. सूचीकृत बेरोजगार व्याक्तिलाई परिचयपत्र वितरण गर्ने 

३. स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरूको पहिचान् गरी सोको सूचना प्रवाह गर्ने 

४. स्थानीय टहभित्रको रोजगारीको सम्भाव्य स्थिति विश्लेषण गरी रोजगारीको तथ्यांक संकलन गर्ने, रोजगार नक्सांकन गर्ने तथा रोजगारीका अवसरको अभिलेखांकन गर्ने 

५. रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी गराउने 

६. रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने 

७. बेरोजगारहरूको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने 

८. आफ्ना कामकारवाहीको बारेमा नियमित रूपमा सम्बन्धित गाउँपालिका तथा नगरपालिकामा प्रतिवेदन पेश गर्ने 

९. ऐन तथा यस नियमावली बमोजिम आफूले गरेका काम कारवाहीको सम्बन्धमा मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धि विषय हेर्ने मन्त्रालया मासिक रूपमा प्रतिवेदन पठाउने 

१०. आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सूचना सम्प्रेषण गर्ने 

११. वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट उपलब्ध गराइने आर्थिक सहायता विवरण सम्बन्धी कार्यमा सहयोग पुर्याउने 

१२. बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने 

१३. रोजगारसम्बन्धि सरोकारवालालाई अन्य सेवा प्रदान गर्ने


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह