२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुईको मृत्यु

२४ माघ २०७५, बिहीबार ०३:१४

माघ २४ बनेपा | सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा बुधबार साँझ ६ः३० बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ कठोरेबाट काभ्रेपलाञ्चोकको तेमालतर्फ बेहुली लिई आउँदै गरेको बा४ख ९४३८ नंको टिपर सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा अनियन्त्रित भई सडक छेउमा पल्टिँदा उक्त गाडीमा सवार तेमाल गाउँपालिका–९ का २२ वर्षीया कृष्णमाया माझी र सोही ठाउँका १६ वर्षीय चुनपाई लामाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

घाइते हुनेहरुमध्ये तेमाल गाउँपालिका–९ का १२ वर्षीय दिनेश तामाङ र सोही ठाउँका १२ वर्षीय नीरज माझीको अवस्था जटिल रहेकाले ट्रमा सेन्टरमा लगिएकोे र अन्य घाइतेमध्ये सात जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने बाँकीको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ । प्रहरीले टिपर चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ का ३७ वर्षीय खड्क माझीलाई नियन्त्रणमा लिई घटनाबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ