विश्व स्वास्थ्य सूचांकले देखाइसकेको छ, ‘डिप्रेसन अब विश्वको लागि टाउको दुखाईको विषय बन्नेछ ।’ अहिले हामी डिप्रेसनको दलदलभित्र फस्दैछौं । हाम्रा घरमा कति सदस्य यस्"/>
टिप्स | विश्व स्वास्थ्य सूचांकले देखाइसकेको छ, ‘डिप्रेसन अब विश्वको लागि टाउको दुखाईको विषय बन्नेछ ।’ अहिले हामी डिप्रेसनको दलदलभित्र फस्दैछौं । हाम्रा घरमा कति सदस्य यस्ता होलान्, जो डिप्रेसनले ग्रस्त छन् । अबको विश्वमा डिप्रेसनले भयावह रुप लिँदैछ । यसको बाछिटा हाम्रो समाजमा पनि परिसकेको छ । हाम्रा वयस्क, युवा, केटाकेटीसमेत डिप्रेसनको रोगी बन्दैछन् ।
आखिर किन अहिले डिप्रेसनले हामीलाई लखेट्दैछ ? किन हामी यसको चंगुलमा फस्दैछौं ?
यहाँ एक आध्यात्मिक गुरुले यिनै प्रश्नहरुको जवाफ खोजेका छन् । किन हुन्छ डिप्रेशन ? सद्गुरु जग्गी बासुदेवको भाषामाः
डिपे्रशनबारे म जुन कुरा भन्न गईरहेको छु, त्यो यसकारणले भनिरहेको छैन कि मलाई कुनै चिन्ता छैन वा म संवेदनहीन छु । बरु यसकारणले भनिरहेको छु कि तपाईंलाई जे भइरहेको त्यो व्यक्तिको स्वभाव हो, प्रकृति हो ।
यदी हामीले आफूलाई डिप्रेसनको स्थितिमा पुर्याइरहेका छौ भने हामीले आˆनो मनमा गलत किसिमको गलत भावना र विचार पैदा गरिरहेका छौ ।
मनमा कुनै भावना प्रवल छैन वा विचार तिव्र छैन भने मन निरास हुँदैन । र, डिपे्रसन पनि हुँदैन । कुरा यतिमात्र हो की गलत भावना मनमा तिव्र रुपमा पैदा भएमा त्यसले मानिसमा डिप्रेसनको समस्या निम्त्याउन सक्छ ।
धेरैजसो डिपे्रसन आˆनै कारणले निम्तिन सक्छ । धेरै कम व्यक्ति मात्र रोगका कारण डिप्रेसनमा पर्ने गर्छन् । आणुवशिक कारण अन्य कुनै कारण उनीहरुलाई डिप्रेसन हुने हुदाँ त्यस्ता व्यक्तिले डिप्रेसन हुनबाट बच्न केही गर्न सक्दैनन् ।
बाँकी सबै मानिसलाई भने पागल बनाउन सकिन्छ । किनकी स्थिर मानसिकता र पागलपनको सिमारेखामा निकै कममात्र अन्तर छ । मानिसहरु सधै यसबाट पार पाउन चाहन्छन् ।
उदाहरणका लागि जब तपाईं रिसाउनु हुन्छ, तब तपाईंले यसको अन्तरलाई कम गर्नु हुन्छ । वास्तवमा त्यतिबेला सिमा पार गर्दैछु भन्ने राम्रो जानकारी हुन्छ ।
त्यसैले त, मानिसहरु बेलाबेलामा भन्ने गर्छन्, ‘म आज झण्डै पागल भइन’ । त्यो अवस्थामा हामी आˆनो स्थिर मानसिकताको सीमालाई केही क्षणको लागि पार गरिरहेका हुन्छौ । र, पागलपनको अवस्थासम्म पुन फर्किरहेका हुन्छौ ।
यो कुरालाई तपाईं आफै अपनाएर हेर्नुहोस् । कुनै व्यक्तिमाथि प्रत्येक दिन करिब दश मिनेट रिस पोख्न थाल्नोस् । तपाईंलाई आफै थाहा हुनेछ, करिब तीन महिनाको अन्तरालमै तपाईं डिपे्रशनको शिकार हुनुहुनेछ ।
यसको कारण के हो भने, दिनहुँ पागलपनको व्यवहार गरेमा एक दिन हामी यस्तो अवस्थामा पुग्छौ, जहाँबाट फेरी र्फकन असम्भव जस्तै हुन्छ । हामी पागलपनको उत्कर्षमा पुग्छौ । त्यतिबेला चिकित्सकीय रुपले हामीलाई रोगी घोषित गरिन्छ ।
यहाँ बुझ्नु पर्ने कुरा के हो भने यदी क्षणभरको लागि मात्र पनि तपाईंलाई रोगी घोषित गरिन्छ भने तपाईं रोगी हो । यसको लागि कसैले तपाईंलाई मेडिकल रिपोर्ट नदिन सक्छ । तर यसको मतलव यही हो कि तपाईं त्यो अवस्थामा पुग्दै हुनुहुन्छ ।
किनकी, के तपाइर्ंलाई लाग्छ, कुनै पनि मानिसलाई विना कारण यसरी रिसाउने अधिकार छ ? अरुमाथि रिस पोख्न अधिकार दिइएको छ ? तपाईलाई किन लाग्छ, डिपे्रसनमा हुनु भनेको कुनै विशेष अधिकार हो, जसको मद्दतले अरुको ध्यान आफूसित आकषिर्त गर्न सकियोस् । यदी तपाइर्ं यस्तै नै सोच्नु हुन्छ भने एक दिन यस्तो समय अवश्य आउनेछ, जतिबेला तपाईलाई कुनै एक चिकित्सकको आवश्यकता पर्नेछ ।
विरामी पर्नका लागि जीवनमा विभिन्न अवसर प्राप्त हुन्छ । विरामी हुदाँ सानो बेला देखि नै घरपरिवार तथा इष्टमित्रको ध्यान तपाईंतर्फ केन्दि्रत हुने गथ्र्यो । त्यतिबेला तपाईं खुशीले चिच्याउनु हुन्थ्यो । र, तपाईंले चिच्यिाएको सुनेर घर परिवारले गाली पनि गर्थे ।
सानो बेलामा विरामी हुदाँ फाइदा पनि हुन्थ्यो । एक त परिवारको ध्यान तपाईंमा केन्दि्रत हुन्थ्यो । अर्को, स्कुल जानु पर्दैनथ्यो । मानिसहरुको ध्यान तपाईंप्रति केन्दि्रत हुने भएकैले विरामी कसरी हुने भन्ने कुरा तपाईंले सानैमा सिकिसक्नु भएको थियो ।
तर, जब तपाई विवाह हुन्छ, त्यसपछि भने तपाईंले मानसिक रुपमा विरामी हुने कला सिक्नु हुन्छ ।
मानिसको ध्यान तपाईंमा केन्दि्रत होस् भन्ने चाहनुहुन्छ भने जानुस् एउटा कोठामा बस्नुस् र भन्नुस् मलाई डिपे्रसनको समस्या छ । मानिसहरुको ध्यान स्वतः तपाईमा केन्दि्रत हुन थाल्छ ।
म भन्छु, दुर्भाग्यवश धर्तीमा हुने ७० प्रतिशत भिन्नाभिन्नै विमारी हामीले नै निम्त्याउने गर्छौ । संक्रमणकै कुरा गर्दा पनि आफूलाई शारीरिक तथा मानसिक रुपमा पनि सबल राख्ने आˆनो स्वास्थ्य प्रति विशेष ध्यान राख्ने व्यक्तिलाई अन्यको तुलनामा कम विरामी हुने गर्छन् । उनीहरुलाई विषाणु तथा जिवाणु संक्रमण गर्ने सम्भावना पनि न्यून हुन्छ ।
जबकी आफ्नो स्वास्थ्यलाई प्रति वेवास्ता गर्ने तथा हेलचक्राई गर्ने व्यक्तिलाई भने रोगको संक्रमण हुने सम्भावना उच्च हुन्छ । आफूलाई शारीरीक र मानिसक रुपमा सबल र स्वस्थ राखेमा कहिल्यै विरामी परिदैन ।
मौसमको बदलीसँगै प्रत्येक पटक सिरक ओढेर सुत्ने मानिसकै कुरा गर्ने हो भने पनि त्यस्ता व्यक्ति विरामी पर्ने सम्भावना धेरै हुने गर्छ । उनीहरुलाई रोगले प्याप्ने सम्भावना धेरै हुने गर्छ ।
त्यसैले पनि, आफ्नो बच्चालाई अहिलेदेखि नै स्वस्थ जीवन बाँच्न सिकाऔ । यसको लागि आवश्यक परिस्थिति सिर्जना गरौ ।
जस्तो की कुनै बच्चा विरामी भएमा उनीहरुलाई गएर अंगालो मारेर उनीहरुमाथि सहानुभूति नजताऔ । उनीहरुलाई अनुभव गराऔ, विरामी हुनु भनेको जीवनकै सबैभन्दा खराब क्षण हो । त्यसपछि, उनीहरुले महसुस गर्नेछन्, बच्चा, उसको शरीरका प्रत्यक रसायनले सिक्न थाल्ने छन्, फाइदा विरामी हुनुमा हैन, स्वस्थ र खुशी रहनुमा धेरै छ ।
यदी हामी सबैले यो कुरा शरीरको जैविक र रसायनिक प्रकि्रया तथा वरिपरिका मानिसलाई स्पष्ट पारेको खण्डमा तपाईं आफै महसुस गर्न सक्नुहुन्छ कि त्यसपछि मानिसहरु अहिलेको जस्तो खासै विरामी हुँदैनन् ।
त्यसैले, आˆनै शरीरलाई स्वस्थ राख्नको लागि पनि यो परिस्थिति बनाउन आवश्यक छ । यदी यो कुरामा मन बनाउन सकिन्छ भने अन्य कुरामा पनि यस्तै तरीकाले मन बनाउन सकिन्छ । त्यसैले, समय आइसकेको छ, यो कुरा हामी सबैले बुझ्न जरुरी भैसकेको छ । मानसिक रुपमा, शारीरीक रुपमा रसायनिक रुपमा तथा उर्जाको दृष्टीले पनि तपाईंले यो बुझ्न आवश्यक छ कि विरामी भएर, दुखी भएर वा डिप्रेशनमा परेर बस्नुको कुनै फाइदा छैन । यसले कुनै लाभ पनि मिल्दैन । बरु खुशी, आनन्दपूर्ण तथा उत्साहपूर्ण तरीकाले बाँच्नमा जति फाइदा छ, त्यो अरु कुरामा कतै छैन । र, तपाईंले यो कुरा सबैलाई बताएमा उनीहरुले पनि तपाईसित त्यस्तै व्यवहार गर्न थाल्नेछन् । अनलाइनखबरबाट